मुख्य समाचार
बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन
बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन

: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले पीडितको सङ्ख्या अत्यधिक रहेको बताए।


कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्। जसमा जलवायु–प्रभावित शरणार्थीहरूको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।
आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दाहरू आफ्ना घरका भग्नावशेषबीच डुल्दै जले–नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकहरूले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको बताएका छन्।

सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी,रोजगारीको अभाव तथा जलवायु–प्रेरित प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ। जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् ।

अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार,राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाले विदेशी विद्यार्थी तथा अस्थायी आप्रवासीका लागि भिसा नियम थप कडा बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययन गर्न जाने अधिकांश विदेशी विद्यार्थीले आफ्नो पति–पत्नी, पार्टनर तथा सन्तानलाई आफूसँगै लैजान नपाउने भएका छन् । अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार (१७ सेप्टेम्बर)मा आप्रवासनसम्बन्धी सुधार सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । नयाँ व्यवस्थाले ...
। सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ। उक्त समूहले नौसेनालाई निशाना बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको थियो।उनीहरूले यसका लागि अमेरिकामै विकसित एआईको प्रयोग गरेका थिए। यो रिपोर्ट एन्थ्रोपिक नामको कम्पनीले गएको हप्ता सार्वजनिक गरेको थियो। एन्थ्रोपिकले उक्त समूहको पहिचान ...
। सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा उल्लेख छ। उक्त समूहले नौसेनालाई निशाना बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको थियो।उनीहरूले यसका लागि अमेरिकामै विकसित एआईको प्रयोग गरेका थिए। यो रिपोर्ट एन्थ्रोपिक नामको कम्पनीले गएको हप्ता सार्वजनिक गरेको थियो। एन्थ्रोपिकले उक्त समूहको पहिचान ...
। विश्वभर अझै पनि अर्बौँ मानिसहरूसँग स्वच्छ पिउने पानीको पहुँच छैन। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार २.२ अर्ब मानिसहरूसँग सुरक्षित पिउने पानीको सुविधा छैन। क्यालिफोर्नियादेखि मध्यपूर्वसम्मका क्षेत्रहरू समुद्री पानीलाई पिउने पानीमा बदल्न डिसालिनेसन प्लान्टहरूमा निर्भर भइरहेका छन्। डिसालिनेसनले पानीको आपूर्ति त गराउँछ, तर यसका पुराना विधिहरूका ठूला हानीहरू छन्। रिभर्स ओस्मोसिस र थर्मल डिस्टिलेसन जस्ता विधिहरूले धेरै ...
: यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष पुनः चर्किएको छ, रणनीतिक महत्त्वको ताइज क्षेत्रमा भीषण भिडन्त हुँदा लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत देखिएको छ । पछिल्लो दुई हप्तामा ताइज, पश्चिमी तट, अल–जौफ, मारिब र धालेआमा भएको लडाइँमा कम्तीमा १ सय ९४ जनाको मृत्यु र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम