मुख्य समाचार
सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय
सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय

। सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले अब जारी नगर्ने संकेत दिएका छन् ।

राष्ट्रपतिबाट अध्यादेश जारी नभए निर्वाचन आयोग लगायतका संवैधानिक नियुक्तिहरू चुनाव अघि हुने छैनन् ।

संविधान भन्दा प्रतिकूल खालको अध्यादेश आएपछि अध्ययनको क्रममा रहेका राष्ट्रपतिले अब यही ब्योहोराको अध्यादेश जारी गर्न नसक्ने अनौपचारिक संकेत सरकारलाई दिएका छन् ।

संवैधानिक परिषद् अध्यादेशसँगै राष्ट्रपति कहाँ पुगेको नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश भने ५ मंसिरमै जारी भइसकेको छ ।

तर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनमै भन्दै राखेको छ । ‘यति दिनसम्म जारी नभएपछि यसको अर्थ बुझ्नुपर्छ अब अध्यादेश जारी हुँदैन,’ स्रोतले भन्यो । अध्यादेश सरकारलाई नै फिर्ता गर्ने कि यत्तिकै चुपचाप बसिरहने भन्नेबारे चाहीँ राष्ट्रपति कार्यालयले टुंगो गरिसकेको छैन ।

सरकारले यसअघि संघीय संसद्ले पारित गरेको विधेयककै ब्योहोराको अध्यादेश पठाएको थियो । संसद्ले पास गरेको विधेयक समेत संविधान अनुकूल नभएको भन्दै फिर्ता थियो । अहिले त्यही व्योहोरा अध्यादेशको रुपमा आउँदा जारी गरेर दोहोरो मापदण्ड अपनाउन नहुनेमा राष्ट्रपति अडिग छन् ।

यो अध्यादेशमा प्रतिनिधिसभा विघटनको अवस्थामा संवैधानिक परिषद्ले गरेको सिफारिसअनुसार तुरुन्तै नियुक्त गर्ने र भविष्यमा प्रतिनिधिसभा आएपछि संसदीय सुनुवाइ गर्ने भन्ने कुरा पनि समेटिएको छ । यो संविधानको भावनासँग नमिल्ने राष्ट्रपतिको निष्कर्ष छ ।

अहिले निर्वाचन आयोगमा नियुक्ति गरिहाल्ने प्रयोजनमा अध्यादेश सिफारिस गरिएको थियो । तर आयोगमा नियुक्ति नगरेकै कारण चुनावको काम रोकिने अवस्था चाहीँ छैन । तीन जना आयुक्तहरू आयोगमा छन् । एक मन्त्रीका अनुसार आयोगका काम अझै चुस्त बनाउन सहज हुन्छ कि भन्ने उद्देश्यले आयुक्तहरु सिफारिस गर्न खोजिएको हो

पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता गरेका थिए ।

विधेयक प्रमाणीकरणका लागि ३१ असार २०८२ मा राष्ट्रपति पौडेलसमक्ष पुगेको थियो । त्यसको एक सातापछि राष्ट्रपति विधेयक प्रतिनिधिसभामै फिर्ता गरिदिएका थिए ।

विधेयक पुनर्विचारका लागि फिर्ता पठाउँदा राष्ट्रपति पौडेलले अध्यक्ष र ३ जना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा १ जना सदस्यसहित २ जना भए पनि बैठक बस्न र निर्णय गर्नसक्ने लगायतका प्रावधान संविधानको मर्मसँग नमिल्ने तर्क गरेका थिए । उनले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई संस्थागत गर्ने उद्देश्य संकुचित हुने ठानेका थिए । त्यस्तै सिफारिसमा स्वेच्‍छाचारिता र संवैधानिकता सीमित हुने आशंका पनि गरेका थिए । परिषद्का सदस्य अनुपस्थित हुने कल्पनाले गम्भीर र जटिल परिस्थिति सिर्जना गर्नसक्छ भन्ने तर्क पनि राष्ट्रपतिले गरेका थिए ।

यी आधार र कारणसहित जुन विधेयक फिर्ता पठाएको हो, त्यही विधेयक अध्यादेशको रूपमा आउँदा राष्ट्रपतिले जारी गर्न नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सोपर्दा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । त्यसलाई सात बजेतिर खुलाएपछि बाटो दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ...
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो। नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...