मुख्य समाचार
वीरगन्जको भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ
वीरगन्जको भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ

: वीरगन्जको भन्सार क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।




सीमापारी रक्सौलबाट वीरगन्ज आउँदै गरेको साहले हाँकेको मधेस प्रदेश ०३ –०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ति चोकस्थित सडकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।


त्यसक्रममा उक्त मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखेको नेपाली १ हजार दरका नोट ७ सय थान र ५ सय दरको नोट ६ सय थान गरी कूल १० लाख रुपैयाँ भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।



साहको साथबाट बरामद उक्त रकमको स्रोत खुल्न नसकेपछि नगद रकम र मोटरसाइकलसहित साहलाई प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताए । बरामद रकम अवैध कारोबार हुण्डीको भएको उनले बताए । हुण्डीको रकमसहित पक्राउ गरिएका साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरू भएको छ। नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्‍याली निकालिएको थियो। सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा करिब ५० हजार उपस्थित हुने अनुमान गरिएको छ। ...
: लुम्बिनी प्रदेश सरकारको योजना तथा कार्यक्रमसँग सम्बन्धित निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइ दिएको छ । प्रदेश सरकारले सार्वजनिक खरिद ऐन विपरीत गरेको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको हो। घाटा बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले १० लाखभन्दा माथिका योजनालाई सूचना प्रकाश गरी प्रतिस्पर्धात्मक तरिकाले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सार्वजनिक खरिद ऐनमा १ करोडभन्दा माथिका ...
: मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता दिइने बताएका छन्। प्रदेश सरकारले किसान र युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरेको र सोही अनुरूप बेरोजगार युवाहरूलाई भत्ता दिने कार्यक्रम ल्याउन लागेको मुख्यमन्त्री यादवले बताए। ‘प्रदेश सरकारले प्रदेशभित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका उमेरसमूहका स्नातक तह ...
: प्रधानमन्त्री सुशीला कार्की नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेकी छन्। निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन उनी जंगी अड्डा पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको स्मरण गराउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन ...
: उज्यालो नेपाल पार्टीले मंसिर १७ गते कुलमान घिसिङको उपस्थितिमा काठमाडौंमा घोषणासभा गर्ने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति,उद्देश्य र आगामी कार्यदिशा सार्वजनिक गर्न कुलमान घिसिङको उपस्थितिमा घोषणासभा गर्ने जनाएको हो । पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि,मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रुपमा सार्वजनिक गरिने उज्यालो नेपाल पार्टीका ...