मुख्य समाचार
हङकङको एक आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते
हङकङको एक आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते

: हङकङको एक आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।लगभग ३०० जना बेपत्ता भएको जनाइएको छ। बुधबार ताई पो क्षेत्रका आठमध्ये सात भवनमा आगो फैलिएको थियो। आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सुरक्षा दिन नसकेको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन्।


आगलागी हुँदा भवनभित्र कति जना थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन। हालैको तथ्याङ्क अनुसार,भवनमा लगभग ४ हजार ६०० जना बस्छन्। आगलागीको कारणबारे अझै खुलेको छैन।



भवन बाहिर प्रयोग गरिएको सामग्री आगो प्रतिरोधी नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...
: श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा ...
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...