मुख्य समाचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ

: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ। ४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले सदस्य–सचिव टंकलाल घिसिङको बिदाइ गरेको हो।

त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरूलाई समेत बिदाइ गरिएको छ।


बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको विकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहँदा समेत आफ्नो सहयोग जारी रहने बताए। आफूलाई जिम्मेवारी पूरा गर्ने क्रममा सबै कर्मचारी लगायतका सरोकारवालाहरूबाट सहयोग पाएकाले सफलतापूर्वक आफू बिदा हुन पाएको उनले बताए। उनले नेपाली खेल क्षेत्रलाई अझ उच्चो बनाउन आफूले सक्दो भूमिका खेलेको धारणा राखे।

त्यस्तै कार्यक्रममा मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरण समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा विजयी सुरुवात गरेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराउँदै विजयी सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। आयरल्यान्डले दिएको १४७ रनको ...
: साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा अन्तिम सेकेन्डमा गोल खाँदा नेपालले भारतसँग अंक बाँडेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल र भारतले ३–३ बराबरी खेले । नेपालका लागि विक्रम नरसिंह रानाले पहिलो गोल गरे। त्यसको केही सेकेन्डमै नेपालले बराबरी गोल व्यहाेर्याे। भारतका लाल्टुएन्जेलाले बराबरी गोल फर्काए। नेपालका लागि अमित लामाले दोस्रो ...
— नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको छ । टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का ...
— नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ । आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन। शनिबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित भएको हुनाले आर्सनल अनुकुल स्थितिमै रहेको हो । यस्तै चौथोमा रहेको लिभरपुल पनि बर्नलीको हातबाट ...
— घरेलु फुटबलका सदाबहार प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ओर्लेको त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिग फुटबलको आफ्नो पहिलो खेलमा शनिबार प्रभावशाली जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले सजिलै हराएको हो । अन्य दुई खेलमा भने माथिल्लो स्तरको फुटबलमा पहिलो पटक खेलिरहेका चित्लाङ एफसी र प्लानिङ ब्वाइज युनाइटेड पनि विजयी ...