मुख्य समाचार
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ

: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ। ४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले सदस्य–सचिव टंकलाल घिसिङको बिदाइ गरेको हो।

त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरूलाई समेत बिदाइ गरिएको छ।


बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको विकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहँदा समेत आफ्नो सहयोग जारी रहने बताए। आफूलाई जिम्मेवारी पूरा गर्ने क्रममा सबै कर्मचारी लगायतका सरोकारवालाहरूबाट सहयोग पाएकाले सफलतापूर्वक आफू बिदा हुन पाएको उनले बताए। उनले नेपाली खेल क्षेत्रलाई अझ उच्चो बनाउन आफूले सक्दो भूमिका खेलेको धारणा राखे।

त्यस्तै कार्यक्रममा मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरण समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल क्रिकेट संघ (क्यान)ले २० औं एसियन गेम्स खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ। मंगलबार साँझ क्यानले टोलीको नाम सार्वजनिक गरेको हो। घाइते नन्दन यादवको टिममा पुनरागमन भएको छ भने एकदिवसीय फर्म्याटमा एसीसी प्रिमियर कप खेल्दा टिमबाट ड्रप भएका कुशल भुर्तेल पनि टिममा फर्किएका छन।
: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ। मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो। फाइनल खेलको ३१ औं ओभरमा मैदानमा भएको विवादमा रोहित ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज टोली विराटनगर किंग्सले एसीसी प्रिमियर कपको विजेता हरेक खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गर्ने भएको छ। विराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा हरेक खेलाडी तथा अफिसियललाई ५० हजार तथा विराटनगर किंग्स तथा नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामीछानेलाई १ लाख दिने घोषणा गरेको हो। राष्ट्रिय टोलीले ...
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको तर्फबाट पहिलो खेल महिला भलिबल टोलीले खेल्दैछ। नेपाली महिला भलिबल टोलीले जापानसँग प्रतिष्पर्धा गर्न लागेको हो। नेपाल-जापानबीच पार्क एरिना कोमाकीमा आज नेपाली समय अनुसार दिउँसोको ४:०५ बजे (जापानी समय अनुसार साँझ ७:२० मा) खेल सुरु हुनेछ। नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो। नेपाल अन्तर्राष्ट्रिय भलिबल महासंघको वरियतामा ६९ ...
। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् । गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ । उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् । यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम