: उज्यालो नेपाल पार्टीले मंसिर १७ गते कुलमान घिसिङको उपस्थितिमा काठमाडौंमा घोषणासभा गर्ने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति,उद्देश्य र आगामी कार्यदिशा सार्वजनिक गर्न कुलमान घिसिङको उपस्थितिमा घोषणासभा गर्ने जनाएको हो ।
पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि,मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रुपमा सार्वजनिक गरिने उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले जानकारी दिए । पार्टीको मूल नारा उज्यालो भविष्यका लागि, उज्यालो नेपाल भन्ने रहेको उनले बताए।
प्रवक्ता थापाले जेनजी आन्दोलनको मर्म अनुसार मुलुकलाई अघि बढाउन पार्टीले आफ्नो भूमिका केन्द्रीत गर्ने जिकिर गरे। उनले मुलुकमा भएका विभिन्न क्रान्तिबाट प्राप्त उपलब्धीहरू स्पष्ट दृष्टिकोण र नेतृत्वको अभावका कारण संस्थागत हुन नसकेको धारणा राखे।