मुख्य समाचार
मधेसका मुख्यमन्त्रीले १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता दिइने
मधेसका मुख्यमन्त्रीले १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता दिइने

: मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले १८ देखि ३५ वर्ष उमेरसमूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता दिइने बताएका छन्। प्रदेश सरकारले किसान र युवा लक्षित कार्यक्रम ल्याउने तयारी गरेको र सोही अनुरूप बेरोजगार युवाहरूलाई भत्ता दिने कार्यक्रम ल्याउन लागेको मुख्यमन्त्री यादवले बताए।

‘प्रदेश सरकारले प्रदेशभित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका उमेरसमूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवालाई प्रतिमहिना जीवन निर्वाहका लागि दुई हजार बेरोजगार भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरूलाई गराउन चाहन्छु,’ बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले भने। युवालाई बेरोजगार भत्ता दिन ३५ करोड रुपैयाँ तत्काल खर्च हुने अनुमान गरिएको छ।


यसका साथै खडेरी र डुबानबाट धानबालीमा क्षति व्यहोरेका किसानलाई प्रतिकठ्ठा १५ सय रुपैयाँ राहत उपलब्ध गराउनेसमेत मुख्यमन्त्री यादवले बताए। ‘किसानलाई राहतस्वरूप १५ सय रुपैयाँ प्रतिकट्ठा दिइनेछ, जसका लागि कृषि मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार ३६ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने अनुमान छ।’ मधेस प्रदेशको आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार प्रदेशका ५७ स्थानीय तहका १ लाख ६ हजार ३८ बेरोजगार व्यक्ति सूचीकृत छन्। सूचीकृतमध्ये ५ सय ६२ जनाले ४ सय ५७ आयोजनाहरूमा औसत ३५ दिनको रोजगारी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाएका छन्।



आव २०८०/८१ मा प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये १ सय २५ स्थानीय तहहरूले बेरोजगारहरूको सूचीकरण गरेका थिए। जसमा १ लाख २४ हजार २ सय ९४ व्यक्ति बेरोजगारका रूपमा सूचीकृत भएका थिए। आव २०७९/८० मा बेरोजगारको संख्या ९६ हजार १ सय ९० सूचीकृत थियो। मधेसमा बेरोजगारको संख्या बर्सेनि वृद्धि भइरहेको छ।

प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन, २०८०/८१ अनुसार आर्थिक वर्ष २०७६/७७ मा सूचीकृत बेरोजगार ४३ हजार ९ सय ३२ थिए जसमध्ये ९ हजार ४ सय ८४ लाख न्यूनतम रोजगारीमा खटाइएको थियो। २०७७/७८ मा सूचीकृत बेरोजगार ८२ हजार ८ सय १३ थिए, जसमध्ये १६ हजार ५ सय ६३ ले न्यूनतम रोजगारी पाए। २०७८/७९ मा सूचीकृत बेरोजगार ८२ हजार १ सय २७ थिए जसमध्ये १५ हजार ५ सय ६० ले न्यूनतम जागिर पाए भने २०७९/८० मा सूचीकृत बेरोजगार ९६ हजार १ सय ९० थिए र त्यसमध्ये १२ हजार ७ सय १० ले न्यूनतम रोजगार पाए। २०८०/८१ मा सूचीकृत बेरोजगारको संख्या १ लाख २४ हजार ३ सय ९४ पुगेको जनाइएको छ।

यस प्रदेशमा वैदेशिक रोजगार प्रतिआकर्षण पनि अत्यधिक छ। नेपालका सबैभन्दा धेरै श्रम स्वीकृति लिने जनसंख्या भएको मधेस प्रदेशमा आव २०७९/८० मा १ लाख ४ हजार ६ सय जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने आव २०८०/८१ मा १ लाख १ सय ४३ जनाले नयाँ श्रम स्वीकृति लिए। आव ०८०/०८१ मा मधेस प्रदेशको धनुषा जिल्लाबाट सबैभन्दा बढी २० प्रतिशतले श्रम स्वीकृति लिएका थिए भने सबैभन्दा कम पर्साबाट ५ प्रतिशतले श्रम स्वीकृति लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरू भएको छ। नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्‍याली निकालिएको थियो। सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा करिब ५० हजार उपस्थित हुने अनुमान गरिएको छ। ...
: लुम्बिनी प्रदेश सरकारको योजना तथा कार्यक्रमसँग सम्बन्धित निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइ दिएको छ । प्रदेश सरकारले सार्वजनिक खरिद ऐन विपरीत गरेको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको हो। घाटा बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले १० लाखभन्दा माथिका योजनालाई सूचना प्रकाश गरी प्रतिस्पर्धात्मक तरिकाले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सार्वजनिक खरिद ऐनमा १ करोडभन्दा माथिका ...
: प्रधानमन्त्री सुशीला कार्की नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेकी छन्। निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिन उनी जंगी अड्डा पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको स्मरण गराउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन ...
: उज्यालो नेपाल पार्टीले मंसिर १७ गते कुलमान घिसिङको उपस्थितिमा काठमाडौंमा घोषणासभा गर्ने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति,उद्देश्य र आगामी कार्यदिशा सार्वजनिक गर्न कुलमान घिसिङको उपस्थितिमा घोषणासभा गर्ने जनाएको हो । पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि,मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रुपमा सार्वजनिक गरिने उज्यालो नेपाल पार्टीका ...
: महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो । महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहिदिन ...