: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरू भएको छ। नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्याली निकालिएको थियो।
सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा करिब ५० हजार उपस्थित हुने अनुमान गरिएको छ। कार्यक्रमका लागि १३ वटा उपसमिति गठन गरिएको छ।
नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ।