मुख्य समाचार
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाघको आक्रमणबाट महिलाको मृत्यु

: मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाकी ६६ वर्षीया गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भोलाकुमार भट्टले बताए।


उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरूलाई जानकारी गराएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान ...
। सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो । ‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने । पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका ...
। सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान–१९ खिम्दिङक ...
। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आर्थिक कारोबार नगद रहित बनाउने राष्ट्र पति रामचन्द्र पौडेलले घोषणा गरेका हुन् । पौडेलका अनुसार आगामी आर्थिक वर्षमा आर्थिक कारोबार नगद रहित र पारदर्शी बनाइनेछ ।
। मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ । आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । ५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै ...