मुख्य समाचार
गाजामा इजरायलको आक्रमणमा हालसम्म ७० हजार बढी मानिसको मृत्यु
गाजामा इजरायलको आक्रमणमा हालसम्म ७० हजार बढी मानिसको मृत्यु

: हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७० हजार बढी प्यालेस्टिनीहरू मारिएका छन्। अक्टोबर १० मा लागू भएको इजरायल र हमासबीच युद्धविराम भए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

इजरायलले युद्धविराम उल्लंघनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ। अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको छ। शनिबार इजरायली ड्रोन आक्रमणमा दुई दाजुभाइ मारिएका छन्। उनका परिवारले दाउरा संकलन गर्दा मारिएको बताएका छन्।


इजरायली रक्षा बल (आईडीएफ) ले बीबीसीलाई बताएअनुसार उनीहरूले तथाकथित 'पहेंलो रेखा' पार गरेका दुई संदिग्धहरूलाई निशाना बनाएका थिए। यो रेखाले सात हप्ताभन्दा बढी समय अघि अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम पछि इजरायली सेनाहरू फिर्ता हुन सहमत भएको बिन्दुलाई संकेत गर्दछ।

गाजा स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनीको मृत्यु हुनेको संख्या अब ७० हजार १०० पुगेको जनाएको छ। मन्त्रालयका अनुसार यी मध्ये ३५० भन्दा बढीको मृत्यु अक्टोबर १० मा भएको युद्धविरामपछि भएको थियो। हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण सुरू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। यो घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनको एक रेस्टुरेन्टमा भएको हो। आक्रमणकारी अझै फरार छन् । स्थानीय प्रहरीका अनुसार केही बालबालिका घाइते भएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...
: श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ। २१ जना बेपत्ता भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्तिमध्ये एक हो। श्रीलंकाको चिया बगान र बादुल्लामा पहिरोमा परी २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र (DMC) ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा ...
: हङकङको एक आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।लगभग ३०० जना बेपत्ता भएको जनाइएको छ। बुधबार ताई पो क्षेत्रका आठमध्ये सात भवनमा आगो फैलिएको थियो। आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा दिन नसकेको भन्दै स्थानीयहरूले आक्रोश पोखेका छन्। आगलागी हुँदा भवनभित्र ...
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...