: अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
यो घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनको एक रेस्टुरेन्टमा भएको हो।
आक्रमणकारी अझै फरार छन् । स्थानीय प्रहरीका अनुसार केही बालबालिका घाइते भएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।