मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय

: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो।

बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राईले जानकारी दिए। राष्ट्रिय लिग खेल्ने टिमको टुङ्गो लागेपछि खेलको फर्म्याटका बारेमा आवश्यक निर्णय हुने उनले बताए। महासचिव राईले यस वर्ष राष्ट्रिय लिग हुने र अर्को वर्ष ए डिभिजन लिग हुने बताए


त्यस्तै एन्फाले फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धनगढी र धुलिखेलमा नयाँ घाँसे मैदान निर्माण गर्ने निर्णय पनि गरेको छ। एन्फा कम्प्लेक्समा रहेको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न इडेन ग्रासलाई छनोट गर्ने गरी विश्व फुटबल महासंघ (फिफा)समक्ष प्रस्ताव पठाउने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव गर्ने निर्णय पनि एन्फा बैठकले गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम