मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहसमेत ७ जना र सरिता फाउण्डेसन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।


नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, सहायक लेखापाल विवेक कुमार सहनी,सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव,सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास,खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध मुद्दा दायर भएको हो।

यसैगरी आयोगले सरिता फाउण्डेसन काठमाडौं र सरिता फाउण्डेसनका निर्देशक सरिता कुमारी साहलाई विपक्षी बनाएको छ। उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो माग गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउण्डेनको नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरी उनीहरूविरुद्ध परेको थियो।

सोही उजुरीको आधारमा अनुसन्धान हुँदा प्रतिवादीहरूले बदनियतपूर्वक सरकारी रकम ९ लाख ९८ हजार ९२१ रुपैयाँ भुक्तानी लिइ/दिइ हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। सोही रकम बराबरको विगो र सजाय माग गरि आरोप- पत्र दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताएकी छन् । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै भण्डारीले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको बताउनु र सुरक्षा संयन्त्रलेसमेत आफूलाई पर्याप्त सूचना नदिएको भन्नू उनकै कमजोरी भएको पनि ...
— कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवामाथि भरोसा राखेर निर्वाचन अगाडिको कार्यतालिका ल्याउने सहमत भएको बताएका छन् । निधि र अर्का नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन पक्षको समूहले निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडान लिँदै आएको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि र निधि, सिटौलासहितका नेताहरूले निर्वाचन पछाडिको ...
— नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा भएको घोटालासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत गएको छ ।विमान खरिद प्रकरणमा संलग्नलाई आरोपपत्रमा लिइएको मागदाबीअनुसार सजाय नभएकोमा असन्तुष्टि जनाउँदै अख्तियारले मंगलबार फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । ४ नेपाली र ७ विदेशीलाई दोषी ठहर गरी विशेष अदालतले ...
— अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी विदेशी पर्यटकको शव फेला परेको छ । यही मंसिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार दिउँसो फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बंकरको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव ...
— निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा सोमबार दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिएको अध्यक्षको निजी सचिवालयले जनाएको छ । साथै ...