मुख्य समाचार
पुराना पार्टी असफल भएकाले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाइएको
पुराना पार्टी असफल भएकाले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाइएको

— नेता भीम रावलले पुराना पार्टी असफल भएकाले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाइएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले पुरानो कम्युनिस्ट पार्टीप्रतिको जनताको विश्वास गुमेको बताएका हुन् ।



'जनताले परिवर्तनको अपेक्षासहित दुई तिहाई मत दिए। तर त्यो जनमतलाई दुई पटक संसद् विघटन गरेर कुल्चियो। जनताको सुरक्षा र समृद्धि दिन असफल भएकैले आज १५ वटा घटक मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी बनेको हो,' नेता रावलले भने ।

राष्ट्रिय सुरक्षा प्रणालीमा परिवर्तन, राष्ट्रिय स्वाधिनता तथा अखण्डता जोगाउन नयाँ एकीकृत पार्टी अपरिहार्य भएको बताए। एमाले अध्यक्ष केपी ओलीको दम्भका कारण भदौ २३ र २४ को घटना भएको आरोप लगाउँदै उनले भने,'ओलीको दम्भले पाँच घण्टामै देश जलेर राग भयो ।'
रावलले नयाँ पार्टीको प्राथमिकता भ्रष्टाचारविरुद्ध कठोर कदम, शिक्षा क्षेत्रमा संरचनात्मक सुधार र जनताप्रति जिम्मेवार सरकार निर्माण रहेको स्पष्ट पारे।

नेता प्रमोद नारायण यादवले ओली नेतृत्वकै गलत निर्णयका कारण भदौ २३ र २४ का घटना चर्किएको दाबी गर्दै, अहिलेको आवश्यकता क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरण भएको बताए।

त्यस्तै नेता चिरन पुनले नेत्रविक्रम चन्द, मोहनविक्रम सिंह, जनार्दन शर्मादेखि घनश्याम भूसालसम्मका नेतृत्वले आन्दोलनलाई आधामा छोडेको आरोप लगाउँदै भने, ' अब तपाईंहरूको अलग–अलग खुद्रा राजनीति चल्नेवाला छैन। नेपाली कम्युनिस्टहरूको उत्तराधिकारी पार्टी यही हो ।'

नेता राजेन्द्र श्रेष्ठले जनयुद्धका उपलब्धिहरू नबुझेर पुराना दलहरूलाई भोट दिनु जनताको हितविपरीत जाने बताए। 'समृद्धि, न्याय र स्थिर सरकार दिन सक्ने पार्टी यही हो,'उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताएकी छन् । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै भण्डारीले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको बताउनु र सुरक्षा संयन्त्रलेसमेत आफूलाई पर्याप्त सूचना नदिएको भन्नू उनकै कमजोरी भएको पनि ...
— कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवामाथि भरोसा राखेर निर्वाचन अगाडिको कार्यतालिका ल्याउने सहमत भएको बताएका छन् । निधि र अर्का नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन पक्षको समूहले निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडान लिँदै आएको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि र निधि, सिटौलासहितका नेताहरूले निर्वाचन पछाडिको ...
— नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा भएको घोटालासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत गएको छ ।विमान खरिद प्रकरणमा संलग्नलाई आरोपपत्रमा लिइएको मागदाबीअनुसार सजाय नभएकोमा असन्तुष्टि जनाउँदै अख्तियारले मंगलबार फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । ४ नेपाली र ७ विदेशीलाई दोषी ठहर गरी विशेष अदालतले ...
— अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी विदेशी पर्यटकको शव फेला परेको छ । यही मंसिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार दिउँसो फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बंकरको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव ...
— निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा सोमबार दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिएको अध्यक्षको निजी सचिवालयले जनाएको छ । साथै ...