: अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो।
जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १८० रनसहित लक्ष्य पूरा गरेको हो।
जनकपुरका लागि माज सदाकतले सर्वाधिक ६३ रन बनाए। उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन्। जनकपुरले पहिलो विकेटको रूपमा आसिफ शेखको विकेट गयो। उनले १८ रन बनाएर बोल्ड भए।
दोस्रो विकेट माज सदाकतको गयो। दोस्रो विकेटको लागि माज सदाकत र अनिल शाहले ७९ रनको साझेदारी गरेका थिए। तेस्रो विकेट निकोल लोफ्टी इटोनको गयो। उनले ११ रनमा रनआउट भए।
चौथो विकेट अनिल शाहको गयो। उनले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनमा बाउन्ड्रीमा क्याच भए। सञ्जय कृष्णमुर्थी ५ र आदित्य महता १८ रनमा अविजित रहे।
चितवनका लागि सोहिल तान्भिर, कमल सिंह ऐरी, अमर सिंह रौतेलले १– १ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
पहिलो विकेट अर्जुन साउदको गयो। उनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा क्याच भए। दोस्रो विकेट सैफ जैबको गयो । उनी ७ रनमा क्याच भए। तेस्रो विकेट रवि बोपाराको गयो। पछिल्लो २ खेलमा उनी सस्तैमा पेभेलियन फर्किएका छन्।
चौथो विकेटको रूपमा डेविड मलानको विकेट गयो। कुशल मल्ल २८ र अमर सिंह रौतेल १ रनमा अविजित रहे।
जनकपुर बोल्ट्सका लागि अनिल कुमार शाह, रुपेश सिंह र निकोल लोफ्टी इटोन र माज सदाकले १–१ विकेट लिए।
चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो।
जनकपुर बोल्ट्सले ४ खेल खेलिसक्दा हालसम्म जित निकाल्न सकेको छैन। जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार बेहोरेको थियो। विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।
चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार बेहोरेको छ। चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरु गरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससाग ६ विकेटले हारेको थियो। तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसँग ५३ रनको हार बेहोरेको थियो।
आजको दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ।