मुख्य समाचार
जनकपुर बोल्ट्सले पहिलो जित
जनकपुर बोल्ट्सले पहिलो जित

: अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो।

जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १८० रनसहित लक्ष्य पूरा गरेको हो।
जनकपुरका लागि माज सदाकतले सर्वाधिक ६३ रन बनाए। उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन्। जनकपुरले पहिलो विकेटको रूपमा आसिफ शेखको विकेट गयो। उनले १८ रन बनाएर बोल्ड भए।

दोस्रो विकेट माज सदाकतको गयो। दोस्रो विकेटको लागि माज सदाकत र अनिल शाहले ७९ रनको साझेदारी गरेका थिए। तेस्रो विकेट निकोल लोफ्टी इटोनको गयो। उनले ११ रनमा रनआउट भए।

चौथो विकेट अनिल शाहको गयो। उनले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनमा बाउन्ड्रीमा क्याच भए। सञ्जय कृष्णमुर्थी ५ र आदित्य महता १८ रनमा अविजित रहे।

चितवनका लागि सोहिल तान्भिर, कमल सिंह ऐरी, अमर सिंह रौतेलले १– १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

पहिलो विकेट अर्जुन साउदको गयो। उनले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा क्याच भए। दोस्रो विकेट सैफ जैबको गयो । उनी ७ रनमा क्याच भए। तेस्रो विकेट रवि बोपाराको गयो। पछिल्लो २ खेलमा उनी सस्तैमा पेभेलियन फर्किएका छन्।

चौथो विकेटको रूपमा डेविड मलानको विकेट गयो। कुशल मल्ल २८ र अमर सिंह रौतेल १ रनमा अविजित रहे।

जनकपुर बोल्ट्सका लागि अनिल कुमार शाह, रुपेश सिंह र निकोल लोफ्टी इटोन र माज सदाकले १–१ विकेट लिए।

चितवन र जनकपुर बोल्ट्स दुवैको यो पाँचौं खेल हो।

जनकपुर बोल्ट्सले ४ खेल खेलिसक्दा हालसम्म जित निकाल्न सकेको छैन। जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार बेहोरेको थियो। विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।

चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार बेहोरेको छ। चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरु गरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससाग ६ विकेटले हारेको थियो। तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसँग ५३ रनको हार बेहोरेको थियो।

आजको दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम