मुख्य समाचार
झलनाथ खनालले एमालेले अब समाजवादको बाटो छाडिसकेको दाबी
झलनाथ खनालले एमालेले अब समाजवादको बाटो छाडिसकेको दाबी

— पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेले अब समाजवादको बाटो छाडिसकेको दाबी गरेका छन्। विराटनगरमा सोमबार नेकपाको एकता सन्देश सभामा सम्बोधन गर्दै नेकपाका नेता खनालले एमालेलाई अब 'साँचो अर्थमा दक्षिणपन्थी पार्टी' का रूपमा बुझिने अवस्था आएको बताए ।



खनालले पटक–पटक कम्युनिस्ट सरकार बने पनि भूमिसुधार र कृषि क्रान्ति जस्ता क्रान्तिकारी एजेन्डा पूरा नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै भने, 'सत्तामा पुगेपछि हामीले बाचा बिर्सियौँ। अब सत्ता पाएपछि भूमि सुधार गर्छौँ, कृषि क्रान्ति गर्छौँ भनेर दृढ संकल्प लिनुपर्छ।'

‘देशलाई नर्कजस्तै बनाइएको छ’

खनालले भदौ २४ को आन्दोलनका क्रममा देश नै ‘खरानी’ बनेको स्मरण गर्दै वर्तमान अवस्थालाई चरम राजनीतिक अस्थिरता र शासनहीनताको परिणाम बताए। युवाशक्ति व्यापक रूपमा विदेश पलायन हुनु चिन्ताजनक भएको उनको टिप्पणी थियो। उनले भने, 'युवालाई देशमै रोजगारी दिने नयाँ ढंगको औद्योगिकीकरण अब अपरिहार्य छ।'

खनालले नयाँ एकीकृत पार्टीले ‘नेपाली विशेषतासहितको समाजवाद’ निर्माण गर्ने स्पष्ट दिशासहित अघि बढेको बताए। नेपाली कम्युनिस्ट पार्टी नै अबको समाजवादी क्रान्तिको नायक बन्ने पनि खनालको भनाइ छ ।

सम्बोधनमा उनले देशमा बनेका सबै अव्यवस्थाका अन्त्यका लागि सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी अभियान मुख्य कार्यसूची भएको बताए। खनालले भने, 'यी काम सरकार बनाइराखेर मात्र सम्भव छ। त्यसैले अब जनतालाई गोलबद्ध गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ ...
— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन ...
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :