मुख्य समाचार
एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

: भोजपुरको हतुवागढी गाउँपालिका ६, होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परि एम्बुलेन्स चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई गम्भीर घाइते भएका हुन् ।

बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा मंगलबार बिहान करिब पौने ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भएको होम्ताङका वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ ...
— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन ...
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :