मुख्य समाचार
राष्ट्रियताको रक्षा र स्वतन्त्रताको जगेर्नाका लागि 'तीन करोड नेपालीकै राष्ट्रिय फौज' निर्माण गरिनुपर्ने विचार व्यक्त
राष्ट्रियताको रक्षा र स्वतन्त्रताको जगेर्नाका लागि 'तीन करोड नेपालीकै राष्ट्रिय फौज' निर्माण गरिनुपर्ने विचार व्यक्त

— नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियताको रक्षा र स्वतन्त्रताको जगेर्नाका लागि 'तीन करोड नेपालीकै राष्ट्रिय फौज' निर्माण गरिनुपर्ने विचार व्यक्त गरेका छन्। उनले देशको रक्षा राज्यका सेना–प्रहरी मात्रले सम्भव नभएको २३–२४ भदौका घटनाले प्रमाणित गरिदिएको बताए।

विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभामा सम्बोधन गर्दै दाहालले भने, 'विदेशी चलखेललाई मात्र सुरक्षा निकायले परास्त गर्न सक्दैनन्। तर तीन करोड नेपालीको शक्ति मिलेर राष्ट्रिय फौज बनाउन सक्ने क्षमता हामीसँग छ। जनतै फौज बन्नुपर्छ, तब मात्रै स्वतन्त्रता र आत्मसम्मान सुरक्षित रहन्छ।'

संयोजक दाहालले समाजवादी क्रान्तिका लागि जनतालाई तयार हुन आह्वान गरे।

उनले मनमोहन अधिकारीदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई स्मरण गर्दै कम्युनिस्ट र वामपन्थी मात्रको शक्ति अहिलेको चुनौती समाधानका लागि पर्याप्त नहुने धारणा राखे।

'कम्युनिस्ट र वामपन्थी मात्रै मिलेर देशका सबै चुनौती हल हुन्छन् भन्नु मुर्खता हुन सक्छ,' दाहालले भने, 'लोकतन्त्रवादी, प्रगतिशील सबै शक्तिले हातेमालो गरे मात्रै राष्ट्रको संकट समाधान हुन्छ।'

हालैको जेन–जी आन्दोलनले देशलाई गम्भीर मोडमा पुर्‍याएको उल्लेख गर्दै उनले २४ गतेको घटनापछि ‘नेपाल रहने कि नरहने’ जस्तो भयावह स्थिति सिर्जना भएको बताए। उनले आन्दोलनलाई हल्ला भनेर उडाउन खोज्नेहरु अहिले मौन रहेको टिप्पणी गरे।

दाहालको भनाइमा, तत्कालीन राष्ट्रपति चयनमा पार्टीले सहयोग गरेको र सुशीला कार्कीको सरकार गठन पनि केपी ओलीकै सिफारिसमा भएको हो।


ऐतिहासिक धरोहर जोगाउन समेत सुरक्षा निकाय असफल देखिएको दाबी गर्दै दाहालले भने, 'सेना–प्रहरीले मात्रै देश बचाउन सक्दैनन् भन्ने भदौको घटनाले स्पष्ट गरिदियो। राष्ट्र अझै संकटमा छ, त्यसैले जनशक्तिको सामूहिक बल चाहिन्छ।'

नेपालमा वाम एकता प्रयासहरू विगतमा असफल रहे पनि यो पटकको एमाले–नेकपा–अन्य घटकबीचको एकतालाई दाहालले ‘ऐतिहासिक’ भने।

'यो एकता विगतको जस्तो हैन, नेपालको राजनीतिक इतिहासमै पहिलो हो,'उनले भने, 'अब हामी नयाँ ढंगले अघि बढ्छौँ।'

संयोजक दाहालले वर्तमान सरकार चुनावी सरकार मात्र भएकोले दीर्घकालीन महत्त्वका कुनै पनि सन्धि–सम्झौता नगर्न चेतावनी दिए।

उनले भने, 'सरकारले जसरी पनि निष्पक्ष र सही ढंगले चुनावको वातावरण बनाओस्। चुनाव सही ढंगले होस्, जनताको म्यान्डेट स्पष्ट होस्।'

नेकपाले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने कार्यमुखी योजना अघि सारेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ ...
— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन ...
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :