मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दावी
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दावी

: गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने दावी गरेका छन्। केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न उनको आग्रह छ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरू भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्।


गृहमन्त्री अर्यालले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित,स्वच्छ,स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। उनले भने,'कुनै पनि बहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिवद्ध छ । त्यसका लागि सम्पूर्ण शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन लागिपरेका छौं।'


मन्त्री अर्यालले हाल देशभर ४ हजार ५५२ कैद बन्दी फरार रहेको र तीमध्ये पनि कर्तव्य ज्यान र जघंन्य अपराधका धेरै न्यून रहेको बताए। कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको उनले जानकारी दिए।

यस्तै मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन,हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे।
कुशासन र वेथितिकाविरुद्ध जेन-जी युवाहरूले उठाएका माग र भाद्र २३ र २४ गतेको घटनापछि सरकार र गृह प्रशासनले शान्ति सुरक्षा,अपराध नियन्त्रण,सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौँ,' मन्त्री अर्यालले भने।
मन्त्री अर्यालले भने,'भाद्र २३ र २४ गतेको घटनापछि सुरक्षा संयन्त्रहरूको कार्यसम्पादन दैनिक प्रशासनिक कार्यमा समेत असर परेको थियो। भौतिक पूर्वाधार, सवारी साधनमा क्षति पुगेको कारण नियमित कार्यहरूमा समेत प्रभाव परेकोमा अब हामी लयमा फर्केका छौँ र सुरक्षाको अवस्था पनि सामान्य बनेको छ । सबैको प्रयास,सहयोग र रचनात्मक सुझावको लागि धन्यवाद दिन चाहन्छु। '

सरकारले वार्ता,संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गरे। निर्वाचनको वातावरण सृजना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ ...
— सूर्यविनायक–धुलिखेल सडक विस्तार र पुल निर्माणको ठेक्का एउटै वर्षमा गरिए पनि दुई वटा पुलको निर्माण अझै सुरु हुन सकेको छैन । सडक विस्तारको काम आधा सकिँदा एउटा पुलको मात्र निर्माण सुरु छ, जसको प्रगति एददमै न्यून १० प्रतिशत मात्र छ । चार लेनमा विस्तार थालिएको सडकको दुरी १५.८ किलोमिटर छ । जसलाई दुई खण्डमा विभाजन ...
— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् । यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै ...
— रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । ...
जेन-जीले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखाइदिए :