मुख्य समाचार
पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित
पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित

— एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि लामो समयसम्म अन्योलमा रहेका गृह जिल्लाका उनीनिकट नेताकार्यकर्ता फेरि उत्साहित देखिएका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा रावलले गठन गरेको ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सामेल भएपछि उनीनिकट पुराना नेताकार्यकर्ता उत्साहित देखिएका छन् ।

यसअघि रावलसँग नजिक भएकाहरुलाई पार्टीविरुद्ध बोलेको भन्दै एमाले जिल्ला कमिटिले यसअघि थुप्रै नेता, कार्यकर्तालाई स्पष्टीकरण सोधेको थियो । मातृभूमि जागरण अभियान राजनैतिक दलको रुपमा खडा नभएका कारण रावलसँग नजिक भएकाहरु पनि पछिल्लो समय निष्क्रिय बन्दै आएका थिए । रावलको अभियानमा संलग्न भएर पार्टी र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेको भन्दै एमाले अछामले ६ जनालाई कारबाही गरेको थियो ।

जसमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको थियो । ‘नेता रावल सत्ता र शक्तिमा हुँदा मात्रै साथ दिने भन्ने हुँदैन । धेरै अन्योलका बीचमा आफ्नो राजनीतिक भविष्य दाउमा राखेर रावललाई नेता मानेर हिँडेका हौं,’ तत्कालीन मातृभूमि जागरण अभियानका नेता प्रकाश शाहले भने,‘एमालेमा रहेका नेता रावलका शुभचिन्तकहरुले रावललाई भेटेको थाहा पाए पार्टीबाट निकाल्ने, प्रदेशबाट योजना नदिने जस्ता धम्की खेप्नु परेको थियो । हामी भने निरन्तर रावलको साथमा रह्यौं ।’

२०७८ मा तत्कालीन नेकपा विभाजनपछि रावलको गृह जिल्लामा सबैभन्दा बढी क्षति पनि एमालेलाई नै भएको थियो । तत्कालीन एमालेका नेता, कार्यकर्ता एकीकृत समाजवादी, एमाले र मातृभूमि जागरण अभियान गरी तीन ठाउँमा छुट्टिएका थिए । अहिले एमाले एकातिर र एकीकृत समाजवादी, मातृभूमि जागरण अभियान, माओवादीलगायत अन्य दल बीच एउटै हुँदा कार्यकर्तामा खुसीयाली छाएको शाह बताउँछन् ।

अछामका २ मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी बलियो रहेको उनको दाबी छ । त्यस्तै क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य भरत साउँद, एमालेका जिल्ला कमिटी सदस्य प्रेम खत्री नेपाली कम्युनिस्ट पार्टीमा लागेकाले त्यो क्षेत्रमा पनि बलियो हुँदै जाने उनले बताए । ‘लामो समयदेखि रावलका शुभचिन्तक रहेका तर राजनीतिक भविष्यको डरले खुल्न नसकेका धेरै सम्पर्कमा आइरहेका छन् । मातृभूमि जागरण अभियान मात्रै भएकाले धेरैले यसमा भविष्य नभएको भन्दै डर मानिरहेका थिए,’ शाहले भने,‘अहिले बलियो पार्टीको रुपमा उपस्थित भएका छौं । मंसिरभित्रै जिल्लामा एकता सन्देश दिने गरी भेला हुँदैछ । त्यसमा एमालेका प्रदेशस्तरकै नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम पनि छ ।’ फागुन २१ को निर्वाचनका लागि पनि पार्टीले आन्तरिक तयारी पनि गरिरहेको उनले बताए ।

नेकपा फुटेपछि तत्कालीन एमालेका धेरै नेता एकीकृत समाजवादीमा जाँदा क्षति बेहोरिरहेको अछाम एमाले यतिबेला झन् संकटमा परेको छ । तत्कालीन एमालेका नेता शेरबहादुर कुँवर, गोविन्द कुँवर, कुलबहादुर कुँवर, बालागिरि कुँवरलगायतका नेताकार्यकता एकीकृत समाजवादीमा गएका थिए । त्यस्तै, रावललगायतका थुप्रै नेताकार्यकर्ता मातृभूमि जागरण अभियानमा जोडिएपछि एमाले खुम्चिएको थियो । अहिले दुई ठाउँका नेता एकैमा आउँदा एमालेले जिल्लामा झन् चुनौती व्यहोर्नु परेको छ ।


२०७४ मा अछामका दुई वटै क्षेत्रमा विजयी भएको एमाले २०७९ मा दुइटै क्षेत्रमा पराजित भयो । क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट रावलको नाम एकल सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटकालाई उम्मेदवार बनाएपछि जिल्लामा लामो समयसम्म एमाले एकजुट हुन सकेको थिएन ।

रावल नेपाली कम्युनिस्ट पार्टीमा गएर एमालेलाई हुने घाटाबारे पार्टीले सूक्ष्म अध्ययन गरिरहेको एमाले अछामका एक नेताले बताए । रावलले माओवादी र एकीकृत समाजवादीसित मिसिएपछि क्षेत्र नम्बर १ मा अहिले आफ्नो पार्टी तेस्रो नम्बरमा परेको एक एमाले नेताले बताए । ‘निर्वाचन क्षेत्र नम्बर २ बाट पनि केही नेता, कार्यकर्ता रावलको पार्टीमा गएका छन् । एमालेलाई घाटा नभएको होइन,’ ती नेताले भने,‘एमालेमै रहने जति लगभग फिल्टर भइसकेका छन् । तर अछाममा केही नेता जो अहिले एमालेमै छन्, उनीहरुलाई पार्टीले शंकाको घेरामा भने राखेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमश:संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ...
— बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा ...
— निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ । नेपाल प्रहरीमातहत भर्ना गरिने यस्तो जनशक्तिलाई विगतमा ‘म्यादी प्रहरी’ भनिने गरिएको थियो । गृह मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको जनशक्तिलाई निर्वाचन प्रहरीको पहिचान दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी गराएका छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले तीमध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको बताए । कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि ...
— डेढ महिनाको रस्साकसीपछि कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तालिका सार्वजनिक भएसँगै पार्टीभित्रका सम्भावित समीकरणको अड्कलबाजी र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाका पोस्टरहरू सामाजिक सञ्जालमा छाउन थालेका हुन् । ...