मुख्य समाचार
एआई चिप्समा एनभिडियाको वर्चस्व तोड्ने प्रयासमा प्रविधि कम्पनी
एआई चिप्समा एनभिडियाको वर्चस्व तोड्ने प्रयासमा प्रविधि कम्पनी

— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ ।

यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेटाले गुगल क्लाउडमा प्रयोग गरिँदै आएको विशेष चिप भाडामा लिने विषयमा पनि छलफल गरिरहेको छ । आगामी वर्षको सुरुमै मेटाले गुगलसँग चिप किन्नुका साथै भाडामा लिएर प्रयोग गर्ने योजना बनाएको बुझिन्छ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कार्यका लागि बनाएको टेन्सर प्रोसेसिङ युनिट्स (टीपीयू) को चौथो भर्सन मेटाले खरिद गर्न लागेको हो । गुगलले पनि पहिलो पटक आफ्नो चिप बिक्री गर्ने विषयमा छलफल गरेको र यो निकै ठूलो कुरा भएको ‘द इन्फरमेसन’ पोर्टलको समाचारमा उल्लेख छ ।

हालसम्म गुगलले आफ्नै डेटा सेन्टरहरूमा मात्रै टीपीयू प्रयोग गर्दै आएको थियो । अब यो चिप अरू कम्पनीहरूलाई पनि बेच्न सुरु गर्दा यसले गुगलको चिप बजार आकार बढाउने र गुगल अब सिधै एनभिडियाजस्ता कम्पनीसँग प्रतिस्पर्धामा आउन लागेको विश्लेषण भइरहेको छ । यसले गर्दा अर्बौं डलरको एआई बजारमा एनभिडियाको हिस्सा प्रभावित हुने अनुमान गरिएको छ । रोयटर्सका अनुसार गुगल क्लाउडका कतिपय कर्मचारीले गुगलको यस रणनीतिपछि एनभिडियाको वार्षिक आम्दानीको १० प्रतिशत हिस्सा कटौती हुने दाबी गरेका छन् ।

मेटाले भने चिपका सन्दर्भमा दोहोरो रणनीति अवलम्बन गरिरहेको छ । एकातिर उसले गुगलसँग साझेदारी गर्न खोजिरहेको छ भने अर्कातिर आफ्नै छुट्टै चिप बनाउन पनि प्रयासरत देखिन्छ । द बिजनेस स्ट्यान्डर्डको विश्लेषणअनुसार मेटाले ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) मा एनभिडियासँगको निर्भरता कम गर्न र एआईमा एनभिडियाको वर्चस्व तोड्न चाहेको छ । मेटाले गुगलसँग टीपीयू किनेर आफ्नो ग्राफिक्सलगायत पूर्वाधारलाई विविधीकरण गर्ने हो भने वार्षिक ४ देखि ७ अर्ब डलर बचाउन सक्ने विज्ञहरूको अनुमान छ ।

एआई चिप निर्माणमा अग्रणी एनभिडियालाई गुगलको बजार प्रवेश र गुगल–मेटाबीचको साझेदारीले सुरुवाती चरणमै धक्का दिएको छ । मंगलबार यस विषयमा समाचार बाहिरिएपछि एनभिडियाको सेयर मूल्य ३.२ प्रतिशतले घटेको थियो । अल्फाबेटको सेयर मूल्य भने ४ प्रतिशतले बढेर कम्पनीको बजार मूल्यांकन नै ४ ट्रिलियन डलर पुग्न लागेको छ । हालसम्म ४ ट्रिलियन मार्केट क्याप छुने एक मात्र कम्पनी एनभिडिया हो । माइक्रोसफ्ट र एप्पल पनि ४ ट्रिलियनको दौडमा नजिक पुगेका छन् । चिप निर्माताहरूका लागि मेटा भने ठूलो ग्राहक हो, मेटाले यस वर्ष मात्रै चिप खरिदका लागि ७२ अर्ब डलर छुट्याएको छ ।

चिप उत्पादन क्षेत्रमा एनभिडियाको प्रभुत्व तोड्न गुगललाई सहज भने नभएको रोयटर्समा आदित्य सोनी र राजवीरसिंह प्रदेशीको विश्लेषण छ । ‘गुगलले एनभिडियाको बजार प्रभुत्व कम गर्ने हो भने कम्पनीले दुई दशक लगाएर बजारमा स्थापित गरेको सञ्जाललाई प्रतिस्थापन गर्नुपर्नेछ जुन निकै कठिन छ,’ उनीहरूले लेखेका छन्, ‘विश्वका ४० लाखभन्दा धेरै डेभलपरहरूले एआई र अन्य एप्लिकेसन बनाउन एनभिडियाको कुडा सफ्टवेयर प्लाटफर्म प्रयोग गर्दै आएका छन् ।’


एआई चिप बजारमा गुगलको प्रवेश, एआई बबल ब्रस्ट हुने हल्लाजस्ता प्रतिकूल समयमा एनभिडियाको सेयर मूल्य तलमाथि भए पनि अझै महँगो छ । यसको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ४२ छ । यसको अर्थ कम्पनीले कमाउने १ डलरका लागि सेयरधनीहरू ४२ डलर तिर्न तयार छन् । एआईमा हुने खर्च बढ्दै जाँदा एनभिडियाले आफ्नो आम्दानी तीव्र वृद्धि गर्दै र असाधारण मुनाफा कायम राख्न सक्यो भने यो मूल्य ठीकै मान्न सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

–एजेन्सीको सहयोग

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम