मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी
गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी

— गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी गराएका छन् ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले तीमध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको बताए ।

कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालको भनाइ छ । सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै उनले थपे, 'केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नुहोला ।'


कुशासन र बेथितिविरुद्ध जेन-जी युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ छ ।

सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री अर्यालले कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुनेको बताए । सबै राजनीतिक दल, नागरिकहरूमा आह्वान गर्दै मन्त्री अर्यालले भने, देश बनाउने अभिभारा सबैको हो प्रत्येक नागरिक यो राज्यका सदस्य हुन्। जसका लागि सरोकारवालासँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...
— एमाले नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक ...
— नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने भएको छ । यससम्बन्धी एमओयूमा चिनियाँ र नेपाली पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो । छिमेकी सिचुवान प्रान्तबाट नेपाली महावाणिज्य दूतावासका कर्मचारी, नेपाल पर्यटन बोर्ड र छोङछिङ नगरपालिका, यु चोङ जिल्लाका कर्मचारीहरूलगायतको उपस्थितिमा नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई र छोङछिङ ...
— २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारले ९० दिन पूरा गरेको छ। २७ भदौमा प्रधानमन्त्री भएकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश कार्कीले तत्कालीन अवस्थामा मुख्य रुपमा दुईवटा जिम्मेवारी पाएकी थिइन् । सुशासन कायम गर्दै भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने अनि २१ फागुनमा निर्वाचन गर्दै नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने । यो तीन ...