मुख्य समाचार
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम

। एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

उता ६ खेल खेल्दा पाँचौ हार व्यहोरेको कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।


कर्णाली अब आइतबार हुने लिगकै अन्तिम खेलमा जकपुर बोल्ट्ससँग खेल्नेछ ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए । वाट बाहेक अन्य ब्याटरलले उल्लेख्य योगदान गर्न सकेनन् । नजिबुल्लाह जद्रान २४ रन बनाए । पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए ।

मार्क वाट र प्रियांक पान्चलले पहिलो विकेटका लागि उत्कृष्ट सुरुवात गर्दै ३१ रनको साझेदारी गरेका थिए । तर पान्चल ११ बलमा १६ रन बनाएर चौथो ओभरको बलमा बलमा आउट भए । त्यसपछि आएका जयकिशन कोल्सावालाले १० बल खेल्दै जम्मा ६ रन बनाएर आउट भए ।

वाटले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै कर्णालीको इनिङ्स अगाडि बढाउँदा कर्णालीको समभावना बलियो नै थियो । उनले आक्रमक ब्याटिङमा २२ बलमा अर्धशतक प्रहार गरेका थिए ।

तर दशौँ ओभरको पाँचौ बलमा पोखराका पार्ट टाइम बलर किरण ठगुन्नाले तृतराज दासबाट वाटलाई क्याचआउट गराए । त्यसपछि पोखराले खेलमा कमब्याक गरेको थियो ।

त्यसपछि कर्णालीका पवन सर्राफ १३औं ओभरको दोस्रो बलमा १४ बलमा १९ रन बनाएर आउट भए । सराफलाई ऋषी धवनको बलमा पोखराका कप्तान कुशल भुर्तेलले क्याचआउट गरे ।

नजिबुल्लाह जद्रान र गुल्सन झाले त्यसपछि इनिङ्स अगाडि बढाउँदै कर्णालीको आशा कायम राखेका थिए । तर गुल्सन झा ७ बलमा ९ रन बनाएर १५औं ओभरमा आउट भए ।

लगत्तै अर्को ओभरमा नजिबुल्लाह जद्रान पनि आउट भए । १५ बलमा २४ रन बनाएका जद्रानलाई ऋषी धवनले किरण ठगुन्नाबाट क्याचआउट गराए ।

१८औं ओभरमा दीपेन्द्र रावत र सोमपाल कामी आउट भए । ऋषी धवनले रावतलाई रनआउट गर्दा सोमपाललाई धनन्जय लक्षनबाट क्याचआउट गराए । युनिश सिंह र नन्दन यादव १९औं ओभरमा आउट भएपछि कर्णाली अलआउट भएको हो ।

बलिङमा पोखराका लागि धनन्जय लक्ष्ले ४ ओभरमा ३१ रन खर्चेर तथा ऋषी धवनले ४ ओभरमा ३७ रन खर्चेर ३-३ विकेट लिए । यस्तै सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना, कप्तान कुशल भुर्तेल १-१ विकेट लिए ।
त्यसअघि एडम रोसिङटनले सानदार शतक बनाएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो ।



एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्स विरुद्ध २२० रन बनाएको थियो ।

ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

रोसिङटनले १९औं ओभरको अन्तिम बलमा नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । त्यसक्रममा उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।

दिनेश खरेललाई ड्रप गरेपनि कप्तान कुशल भुर्तेल आफैँ रोसिङटनसँग ओपनिङ गर्न आएका थिए । पहिलो विकेटका लागि रोसिङटन र भुर्तेलले ३४ रनको साझेदारी गरे ।

भुर्तेलले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । त्यसपछि रोसिङटनले अर्का इंग्लिस ब्याटिङ ज्यासन रोएसँग शतकीय साझेदारी गरे ।

यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । एनपीएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्स विरुद्ध नै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

सोमबार मात्रै काठमाडौं आइपुगेका रोयले एनपीएलमा डेब्यु गर्दै ४६ रन जोडे । रोयले ३४ बल खेल्दै २ चौका र ३ छक्का मदतमा ४६ रन जोडे । यस्तै धनन्जय लक्षनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २३ रन जोडे । रोसिङटन र लक्षनले अविजित ४० रनको साझेदारी गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...
: अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो। जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको ...