मुख्य समाचार
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम
पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम

। एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

उता ६ खेल खेल्दा पाँचौ हार व्यहोरेको कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।


कर्णाली अब आइतबार हुने लिगकै अन्तिम खेलमा जकपुर बोल्ट्ससँग खेल्नेछ ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए । वाट बाहेक अन्य ब्याटरलले उल्लेख्य योगदान गर्न सकेनन् । नजिबुल्लाह जद्रान २४ रन बनाए । पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए ।

मार्क वाट र प्रियांक पान्चलले पहिलो विकेटका लागि उत्कृष्ट सुरुवात गर्दै ३१ रनको साझेदारी गरेका थिए । तर पान्चल ११ बलमा १६ रन बनाएर चौथो ओभरको बलमा बलमा आउट भए । त्यसपछि आएका जयकिशन कोल्सावालाले १० बल खेल्दै जम्मा ६ रन बनाएर आउट भए ।

वाटले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै कर्णालीको इनिङ्स अगाडि बढाउँदा कर्णालीको समभावना बलियो नै थियो । उनले आक्रमक ब्याटिङमा २२ बलमा अर्धशतक प्रहार गरेका थिए ।

तर दशौँ ओभरको पाँचौ बलमा पोखराका पार्ट टाइम बलर किरण ठगुन्नाले तृतराज दासबाट वाटलाई क्याचआउट गराए । त्यसपछि पोखराले खेलमा कमब्याक गरेको थियो ।

त्यसपछि कर्णालीका पवन सर्राफ १३औं ओभरको दोस्रो बलमा १४ बलमा १९ रन बनाएर आउट भए । सराफलाई ऋषी धवनको बलमा पोखराका कप्तान कुशल भुर्तेलले क्याचआउट गरे ।

नजिबुल्लाह जद्रान र गुल्सन झाले त्यसपछि इनिङ्स अगाडि बढाउँदै कर्णालीको आशा कायम राखेका थिए । तर गुल्सन झा ७ बलमा ९ रन बनाएर १५औं ओभरमा आउट भए ।

लगत्तै अर्को ओभरमा नजिबुल्लाह जद्रान पनि आउट भए । १५ बलमा २४ रन बनाएका जद्रानलाई ऋषी धवनले किरण ठगुन्नाबाट क्याचआउट गराए ।

१८औं ओभरमा दीपेन्द्र रावत र सोमपाल कामी आउट भए । ऋषी धवनले रावतलाई रनआउट गर्दा सोमपाललाई धनन्जय लक्षनबाट क्याचआउट गराए । युनिश सिंह र नन्दन यादव १९औं ओभरमा आउट भएपछि कर्णाली अलआउट भएको हो ।

बलिङमा पोखराका लागि धनन्जय लक्ष्ले ४ ओभरमा ३१ रन खर्चेर तथा ऋषी धवनले ४ ओभरमा ३७ रन खर्चेर ३-३ विकेट लिए । यस्तै सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना, कप्तान कुशल भुर्तेल १-१ विकेट लिए ।
त्यसअघि एडम रोसिङटनले सानदार शतक बनाएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो ।



एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्स विरुद्ध २२० रन बनाएको थियो ।

ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

रोसिङटनले १९औं ओभरको अन्तिम बलमा नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । त्यसक्रममा उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।

दिनेश खरेललाई ड्रप गरेपनि कप्तान कुशल भुर्तेल आफैँ रोसिङटनसँग ओपनिङ गर्न आएका थिए । पहिलो विकेटका लागि रोसिङटन र भुर्तेलले ३४ रनको साझेदारी गरे ।

भुर्तेलले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । त्यसपछि रोसिङटनले अर्का इंग्लिस ब्याटिङ ज्यासन रोएसँग शतकीय साझेदारी गरे ।

यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । एनपीएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्स विरुद्ध नै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

सोमबार मात्रै काठमाडौं आइपुगेका रोयले एनपीएलमा डेब्यु गर्दै ४६ रन जोडे । रोयले ३४ बल खेल्दै २ चौका र ३ छक्का मदतमा ४६ रन जोडे । यस्तै धनन्जय लक्षनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २३ रन जोडे । रोसिङटन र लक्षनले अविजित ४० रनको साझेदारी गरे ।

कर्णालीका नन्दन यादव र मार्क वाटले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम