मुख्य समाचार
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान

। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।

१५ मंंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा मेडिकल कलेज, स्वास्थ्य बीमा, कान्ति बाल अस्पताल, प्रसुती परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, औषधि प्रयोगशाला लगायतका निकायमा दरबन्दी थप्न स्वीकृत गरेको हो ।

‘अत्यावश्यक रहेका स्वास्थ्य संस्थामा दरबन्दी थप्नका लागि ओएनएम गर्ने सहमति मन्त्रिपरिषद्ले दिएको छ,’ एक अधिकारीले भने, ‘ करारमा भइरहेका र अत्यावश्यक सेवामा मात्रै ओएनएम गरिने छ ।’

यसैगरी, मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम भारत भ्रमणलाई समेत स्वीकृति प्रदान गरेको छ ।

डा. शर्मा २ देखि ४ पुसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एन्ड ट्रेडिसनल मेडिसिन एन्ड हाइलेभल मिनिस्टरियल डाइलग वन इम्प्लिमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल स्ट्राटेजी, २०२५—२०३४ कार्यक्रममा भाग लिन दिल्ली जान लागेकी हुन् । यो स्वास्थ्यमन्त्री डा. शर्माको पहिलो भारत भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...
बजेट कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
र्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन
नेपालका अपागंता भएका व्यक्तिका अधिकारबारे जेनेभामा कुरा उठ्यो
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता