मुख्य समाचार
हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर
हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर

। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस !

जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ ।

‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । सन् २००९ को ‘अवतार’ ले २.९२ बिलियन डलर कमाएको छ, जुन शीर्षस्थानमा छ ।

दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ २.३४ बिलियन डलर कमाउँदै तेस्रो स्थानमा छ । ‘अवतार’ ले विश्व फिल्ममा डिजिटल क्रान्ति ल्याएको थियो । ‘अवतार’ नेपालमा प्रदर्शन हुने पहिलो थ्रीडी फिल्म पनि हो ।

क्यामरुनसँग फिल्मका कलाकारहरू साम वर्थिंगटन, जो साल्दाना र सिगोर्नी वीभर र अन्य कलाकारले हलिउडको डल्बी थिएटरमा आयोजित रेड कार्पेट समारोहमा हिँडेका थिए ।



‘अवतार : फायर एण्ड एस’ ले ज्वालामुखीको भूमिमा बस्ने नावी जनजाति जसलाई एश पिपल वा माङ्कवान पनि भनिन्छ, उनको परिचय दिलाउँदै पाण्डोराको कठोर वातावरणमा लैजान्छ ।

यो फिल्मले फ्रान्चाइजीको स्पष्ट नैतिक रेखालाई चुनौती दिने तयारी गरेको छ, किनकि एस पिपलहरू आक्रामक स्वभावको वाराङको नेतृत्वमा छन् र कर्नल क्वारिचको मानव सेनासँग मिलेर गठबन्धन बनेको छ, जसले गर्दा यी दुवै पक्षबीच द्वन्द्वको सिर्जना हुन्छ ।

प्रिमियर समारोहका अन्य सहभागीमा स्टीफन लाङ, उना च्याप्लिन, क्लिफ कर्टिस, जोएल डेभिड मूर, ब्रिटेन डाल्टन, ट्रिनिटी जो-ली ब्लिस, ज्याक च्याम्पियन, बेली बास, एडी फाल्को, माइली साइरस लगायतका सेलिब्रेटी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...