मुख्य समाचार
सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह
सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह

। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।

पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई पिट्ने, हिर्काउने र टुट्ने गरि यातना दिने गरिन्छ ।’

यस्तो कार्यक्रम बन्द गर्न उनको आग्रह छ । भन्छिन्, ‘नेपालले यस कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हात्तीहरूलाई अस्वभाविक क्रियाकलाप गराउन बाध्य पार्ने अभ्यासको अन्त गर्नैपर्छ ।’

लियोनीको उक्त अभिव्यक्तिलाई पेटा एसियाले सामाजिक सञ्जालमार्फत सेयर गरेको छ । ‘बलिउड स्टार सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । सबैजना मिलेर चितवन हात्ती महोत्सवलाई करुणा, शिक्षा र विस्मयको उत्सवमा रुपान्तरण गरौँ’ पेटा एसियाले लेखेको छ ।

गतवर्ष बलिउड स्टार जोन अब्राहमले चितवनको हात्ती महोत्सवमा पशुमाथि हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेका थिए ।

अभिनेत्री लियोनीको कुरा गर्दा, उनी पशु अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । सन् २०१६ मा उनलाई पेटा एसियाले पशुको अधिकारको बारेमा वकालत गरेबापत ‘वर्ष व्यक्ति’ को रुपमा घोषणा गरेको थियो ।

उनले पेटा इन्डियाले आयोजना गर्ने शाकाहारी जीवन प्रवर्धन, भुवाविरोधी सन्देश तथा कुकुर- बिरालोको बन्ध्याकरण गर्न नहुनेजस्ता अभियानमा समर्थन जनाउँदै आएकी छन् ।

‘चितवन हात्ती महोत्सव’ वर्षेनी डिसेम्बर २६ देखि ३० सम्म सौराहमा आयोजना हुन्छ । विगतमा हात्ती दौड, पोलो र हात्ती ब्युटी पेजेन्ट कार्यक्रम संचालन हुने गर्थे । यसवर्ष पनि हात्ती महोत्सव हुने तयारी भैरहँदा पेटा एसियाले चासो देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...