मुख्य समाचार
सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह
सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह

। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।

पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई पिट्ने, हिर्काउने र टुट्ने गरि यातना दिने गरिन्छ ।’

यस्तो कार्यक्रम बन्द गर्न उनको आग्रह छ । भन्छिन्, ‘नेपालले यस कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हात्तीहरूलाई अस्वभाविक क्रियाकलाप गराउन बाध्य पार्ने अभ्यासको अन्त गर्नैपर्छ ।’

लियोनीको उक्त अभिव्यक्तिलाई पेटा एसियाले सामाजिक सञ्जालमार्फत सेयर गरेको छ । ‘बलिउड स्टार सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । सबैजना मिलेर चितवन हात्ती महोत्सवलाई करुणा, शिक्षा र विस्मयको उत्सवमा रुपान्तरण गरौँ’ पेटा एसियाले लेखेको छ ।

गतवर्ष बलिउड स्टार जोन अब्राहमले चितवनको हात्ती महोत्सवमा पशुमाथि हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेका थिए ।

अभिनेत्री लियोनीको कुरा गर्दा, उनी पशु अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । सन् २०१६ मा उनलाई पेटा एसियाले पशुको अधिकारको बारेमा वकालत गरेबापत ‘वर्ष व्यक्ति’ को रुपमा घोषणा गरेको थियो ।

उनले पेटा इन्डियाले आयोजना गर्ने शाकाहारी जीवन प्रवर्धन, भुवाविरोधी सन्देश तथा कुकुर- बिरालोको बन्ध्याकरण गर्न नहुनेजस्ता अभियानमा समर्थन जनाउँदै आएकी छन् ।

‘चितवन हात्ती महोत्सव’ वर्षेनी डिसेम्बर २६ देखि ३० सम्म सौराहमा आयोजना हुन्छ । विगतमा हात्ती दौड, पोलो र हात्ती ब्युटी पेजेन्ट कार्यक्रम संचालन हुने गर्थे । यसवर्ष पनि हात्ती महोत्सव हुने तयारी भैरहँदा पेटा एसियाले चासो देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...