मुख्य समाचार
कांग्रेस पूर्वपदाधिकारीहरूले गरे संस्थापन पक्षका केन्द्रीय सदस्यसँग छलफल
कांग्रेस पूर्वपदाधिकारीहरूले गरे संस्थापन पक्षका केन्द्रीय सदस्यसँग छलफल

। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ ।

करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ ।




बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो ।

मंगलबारको छलफलमा पूर्व पदाधिकारीहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, डा. प्रकाशशरण महत सहभागी थिए । डा. शशांक कोइराला उपत्यका बाहिर रहेको र गोपालमान श्रेष्ठ स्वास्थ्यका कारण बैठकमा सहभागी नभएको निकट स्रोतले जानकारी दिएको छ ।




केन्द्रीय सदस्यहरूको आग्रहपछि बैठकमा उपस्थित पूर्वपदाधिकारीहरूले चाँडोभन्दा चाँडो एक जनाको नाममा सहमतिमा पुग्ने वचन दिएका छन् । जसका लागि दुई वटा शर्त समेत अघि सारिएको ती केन्द्रीय सदस्य बताउँछन् ।

‘तपाईंहरूमध्ये एकले सभापतिमा उम्मेदवारी दिनुस् । अन्य पदमा भने तपाईंहरू पछिको अर्को पुस्ता आउँछ,’ ती केन्द्रीय सदस्यले सुनाए, ‘पदाधिकारीका अन्य पदमा दाबी गरेर हामीहरूलाई रोक्न भएन ।’

सभापति हुने व्यक्ति प्रधानमन्त्री नहुने सल्लाह गरेर समझदारी गर्नसमेत सुझाव दिइएको ती सदस्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...
। सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो । मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । ...
। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि ...
: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट ...