मुख्य समाचार
मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा बैठकबाट बाहिरिए विपक्षी दलका सांसदहरू
मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा बैठकबाट बाहिरिए विपक्षी दलका सांसदहरू

। मधेश प्रदेश सभाको बैठक अहिले बसिरहेको छ ।

आजको बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि आफ्नो मन्तव्य राखिरहेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव राख्नु अघि मन्तव्य राखिरहेको समयमा विपक्षी दलका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका हुन् ।

उनले सातदलीय गठबन्धनलाई लक्षित हुने गरी आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।


अहिले सत्ता पक्ष एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसद मात्र सदनमा उपस्थित छन् ।

२४ कात्तिकको झिसमिसे बिहानीमा यादवले मुख्यमन्त्रीको शपथ खाएका थिए । त्यसबाट असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा १५ मंसिरमा परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन गरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाही संयोजक रहेको चार सदस्यीय संयोजन समिति गठन गरिएको हो । राप्रपाको धारणा देशभर पुर्‍याउन, सभा, विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति बनाएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयोजन समितिका अन्य सदस्यहरुमा प्रवक्ता गोपाल दाहाल, ...
। राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । पुस २३ गते बिहान १० ...
। प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् । उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् । ‘मलाई आज नयाँ युगको प्रारम्भ हुन लागेको हो कि भन्ने मलाई अनुभूति भइराखेको छ,’ उनले भने, ‘नेपाली माटोको सुगन्ध भएको पार्टी घोषणा भएको छ । यो ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन् । वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण ...
। गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईंको प्रहरीको गोलीबाट ज्यान गयो । व्यवस्थापन संकाय लिएर कक्षा १२ मा पढिरहेका उनी कलेज पोशाकमै रक्ताम्य भएर ढलेका थिए । भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा चौलागाईं जस्ता धेरै विद्यार्थीले अनाहकमा ज्यान गुमाए ...