मुख्य समाचार
अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको
अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको

। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन् ।

वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए ।

त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गरे । निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनले जिकिर गरे ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघ लगाएत विभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेका थिए । प्रभातफेरीपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन् । उनले सांसद् पदबाट राजीनामा भने ...
। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेशमा एक्लो नभएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको दाबी गरे । ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई ...
। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ...
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ
ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना