मुख्य समाचार
उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ
उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ

। प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् ।

उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् ।

‘मलाई आज नयाँ युगको प्रारम्भ हुन लागेको हो कि भन्ने मलाई अनुभूति भइराखेको छ,’ उनले भने, ‘नेपाली माटोको सुगन्ध भएको पार्टी घोषणा भएको छ । यो पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य पनि जोडिएको छ ।’

उनले मुलुक कुशासनले जर्जर बनेको भन्दै सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा बोकेर आएको उज्यालो नेपाल पार्टीले वर्षौंदेखि मुलुकमा विद्यमान असमानता अन्त्य गर्ने दावी गरे ।

‘समृद्धि पाँच प्रतिशत मान्छेको हातमा छ । ९५ प्रतिशत नेपाली नागरिक त्यो समृद्धिबाट बञ्जित गराइएको छ । त्यसलाई रुपान्तरण गर्न समृद्धिको आवश्यक छ,’ उनले थपे, ‘अहिले पनि विभेद छन् । तिनलाई सामाजिक न्यायको माध्यमबाट विभेदहरू उन्मुलन गर्ने अठोट यो पार्टीले गरेको छ । यो खुसीको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...