मुख्य समाचार
उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ
उज्यालो नेपाल पार्टीसँग जनताको भविष्य जोडिएको छ

। प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् ।

उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् ।

‘मलाई आज नयाँ युगको प्रारम्भ हुन लागेको हो कि भन्ने मलाई अनुभूति भइराखेको छ,’ उनले भने, ‘नेपाली माटोको सुगन्ध भएको पार्टी घोषणा भएको छ । यो पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य पनि जोडिएको छ ।’

उनले मुलुक कुशासनले जर्जर बनेको भन्दै सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा बोकेर आएको उज्यालो नेपाल पार्टीले वर्षौंदेखि मुलुकमा विद्यमान असमानता अन्त्य गर्ने दावी गरे ।

‘समृद्धि पाँच प्रतिशत मान्छेको हातमा छ । ९५ प्रतिशत नेपाली नागरिक त्यो समृद्धिबाट बञ्जित गराइएको छ । त्यसलाई रुपान्तरण गर्न समृद्धिको आवश्यक छ,’ उनले थपे, ‘अहिले पनि विभेद छन् । तिनलाई सामाजिक न्यायको माध्यमबाट विभेदहरू उन्मुलन गर्ने अठोट यो पार्टीले गरेको छ । यो खुसीको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको गुनासो गरेका छन् । कोशीको विराटनगरमा आज आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संविधानले दिएका अधिकारसमेत संघीय सरकारले कार्यान्वयन नगरी संकुचनतर्फ लगेको आरोप लगाए । संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन संघ तयार नभएको उनको भनाइ ...
। जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले विदेशबाट मतदानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले त्यसका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘आवश्यकता अनुसार विदेशमा मतदानका लागि सम्बन्धित निकायबीच समन्वय गरी योग्य मतदाताको दर्ता तथा प्रमाणीकरणका लागि सहजीकरण गर्नेछु,’ उनले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख छ ...
। १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए । तीमध्ये ६ जनाको परिवारलाई तत्कालका लागि राहत प्रदान गरिएको हो । सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको झण्डै १० वर्ष पुग्नै लाग्दा मुलुकले विकास, ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार परिरिष्कृत गर्दै लैजान आवश्यक ...