मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन गरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाही संयोजक रहेको चार सदस्यीय संयोजन समिति गठन गरिएको हो ।

राप्रपाको धारणा देशभर पुर्‍याउन, सभा, विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति बनाएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयोजन समितिका अन्य सदस्यहरुमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा र सहमहामन्त्री रविन्द्र प्रताप शाह छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने भएको छ । यससम्बन्धी एमओयूमा चिनियाँ र नेपाली पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो । छिमेकी सिचुवान प्रान्तबाट नेपाली महावाणिज्य दूतावासका कर्मचारी, नेपाल पर्यटन बोर्ड र छोङछिङ नगरपालिका, यु चोङ जिल्लाका कर्मचारीहरूलगायतको उपस्थितिमा नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई र छोङछिङ ...
— २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारले ९० दिन पूरा गरेको छ। २७ भदौमा प्रधानमन्त्री भएकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश कार्कीले तत्कालीन अवस्थामा मुख्य रुपमा दुईवटा जिम्मेवारी पाएकी थिइन् । सुशासन कायम गर्दै भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने अनि २१ फागुनमा निर्वाचन गर्दै नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने । यो तीन ...
— एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि रघु पन्तले स्वतन्त्र रूपले उम्मेदवारी दिएका छन् । केपी शर्मा ओली पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिन नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यद्यपि पन्तले आफूलाई ईश्वर पोखरेल र ओली समूह दुवैतर्फका प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरेका छन् । आफ्नो उम्मेदवारीबारे पन्तले भने, 'मैले दुवै पक्षमा रहेका साथीहरुको ...
— त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने भएको छ । समारोहमा १६ हजार ३ सय ३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जनाए । २०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक ...
— शंकर पोखरेलले केपी शर्मा ओलीको प्यानलबाट एमाले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ओलीसँगै उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०७८ मा सौराहामा आयोजित पार्टीको १०औं महाधिवेशनमा महासचिवमा निर्वाचित भएका थिए । ओलीले पुन: उनलाई महासचिवका रूपमा उठाएका हुन् । ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर ...