मुख्य समाचार
विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताए
विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताए

। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । महासचिवको पद आफूले दशौं महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रष्टोक्ति छ ।

‘म महासचिवको उम्मेदवार होइन । म शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव भएर काम गरेको हुँ । मैले दशौं महाधिवेशनमा नै छाडिसकेको छु । म महासचिवको उम्मेदवार होइन,’ पौडेलले थप प्रष्ट पार्दै भने, ‘वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानमै छैन । एघारौं महाधिवेशनमा उम्मेदवारी त हुन्छ । तर अध्यक्षबाहेकमा हुन्छ । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गरिरहेको छु । महासचिव दशौं महाधिवेशनमा नै छाडिसकेको छु ।’

साथै, अध्यक्ष केपी शर्मा ओलीलै वरिपरि गोलबन्द भएर पार्टीलाई एक बनाएर अघि बढ्ने कुरामा नमान्नुपर्ने कुनै कारण रहेको उनको भनाइ थियो ।

‘अनेक प्रकारको हण्डर, ठक्कर आरोहअवरोहको सामना गर्दै पार्टीलाई, आन्दोलनलाई, मुलुकलाई नेतृत्व गर्दै आउनु भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरी गोलबन्द भएर पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ भनेर भन्दाखेरी नमान्नुपर्ने पनि म कुनै त्यस्तो देख्दिनँ । यो सम्भव छैन भन्ने पनि मलाई लाग्दैनँ,’ पौडेलले भने ।

पौडेलले अध्यक्ष ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

उपाध्यक्ष पौडेलले पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारी विरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धामा जाने वैधानिक बाटोलाई पनि खुला राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका हुन्। उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको ...
। काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो । प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो । सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।
। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् ...
: जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन्। मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख ...
। राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीनवटा मध्ये विपद्सम्बन्धी केही ...