मुख्य समाचार
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत

। मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो ।

भासिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भासिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानकारी दिए ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

२०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...