मुख्य समाचार
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत

। मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो ।

भासिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भासिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानकारी दिए ।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

२०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?’ प्रस्तोता निमेष बन्जाडेले सोधेको प्रश्नको जवाफमा थापाले भनेका छन्, ‘त्यसमा त कुनै डाउट नै भएन नि !’ कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि ...
। नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दाङबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा देखिएको विवाद बढेर गएको छ । पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया पूरा नगरी प्रतिनिधि छनोट गरिएको भन्दै १९ नेताले संगठन विभागमा उजुरी दिएका छन् । उनीहरूले यसअघिको प्रतिनिधि छनोट बदर गरी नयाँ प्रक्रिया थाल्न माग गरेका छन् । एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट गत ...
कुलमानलाई सुन्दरमणिको सुझाव: संसदीय व्यवस्था फेल भइसक्यो, अब कार्यकारी चाहियो
। कर्णालीमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दल प्रदेश सभामा एकीकरण भएको छ । बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको एकता बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले नेपाली कमयुनिष्ट पार्टी प्रदेश सभा दल एकीकरण गर्ने निर्णय गरेको छ । उक्त ...
। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी छिन् । उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताइन् । ‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म ...