मुख्य समाचार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। छापा माध्यम बचाउ सुझाव कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सिंहदरबार पुगेर कार्यदलले छापा तथा निजी सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी नीतिगत सुधारका लागि भन्दै लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि कार्यदले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने जनाएको हो । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रमा तीन जना र सात प्रदेशमा पनि तीन ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुन:स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ । भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा ...
। पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो। चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेका थिए। ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनले बुधबारका निर्णयमध्ये मुख्य निर्णय भनेर ६ वटा निर्णयहरू सुनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । यस्ता छन् निर्णयहरू– –सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने । –नेपाल धितोपत्र बोर्डमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम