मुख्य समाचार
उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह
उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह

। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी छिन् ।

उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।


उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताइन् ।

‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो,’ उनले भनिन् ।

उनले सोही दिनदेखि कुलमान घिसिङलाई अगुवा मानेको पनि सम्बोधनको क्रममा बताइन् ।

‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नुभयो,’ उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’

उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताइन् ।

‘अब सक्रिय राजनीतिमा आउन ढिला भइसक्यो । सक्रिय राजनीतिमा आउने उपयुक्त समय आज र अहिले नै हो,’ विश्वकर्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...