मुख्य समाचार
एमालेको एघारौं महाधिवेशनका लागि दाङबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा देखिएको विवाद
एमालेको एघारौं महाधिवेशनका लागि दाङबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा देखिएको विवाद

। नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दाङबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा देखिएको विवाद बढेर गएको छ ।

पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया पूरा नगरी प्रतिनिधि छनोट गरिएको भन्दै १९ नेताले संगठन विभागमा उजुरी दिएका छन् । उनीहरूले यसअघिको प्रतिनिधि छनोट बदर गरी नयाँ प्रक्रिया थाल्न माग गरेका छन् ।


एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट गत १२ मंसिरमै प्रतिनिधि चयन गरिएको थियो । तर असन्तुष्ट नेताहरूले १३ मंसिरमै प्रतिनिधि छनोट प्रक्रियाप्रति असहमति जनाउँदै सम्बन्धित निकायमा उजुरी गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको नेता कृष्णप्रसाद भुसालले बताए ।

प्रतिनिधि छनोट कार्यक्रमबारे सबै संगठित सदस्यलाई यथेष्ट सूचना नदिई सीमित सदस्यलाई मात्र खबर गरिएको, प्रतिनिधि बन्न लिखित निवेदन दिँदा पनि चुनाव नगरेर आफूखुसी प्रतिनिधि चयन गरिएको भुसाल बताउँछन् ।




‘हामीले उजुरी गरेको पाँच दिन भइसक्दासम्म कुनै रेस्पोन्स आएको छैन । सम्बन्धित निकायले हाम्रो माग सुनुवाइ गर्ला भन्ने पर्खेर बसेका छौं । त्यसो नभए दाङ पार्टीमा अप्रिय अवस्था आउन सक्छ,’ भुसालले भने, ‘ लोकतन्त्रमा एकजनाको मत र विचारको पनि सुनुवाइ हुनुपर्छ, यहाँ त १९ जना कमरेडहरूको लिखित उजुरी छ, यसलाई नजर अन्दाज गरिने छैन भन्ने लाग्छ ।’

पुनः प्रतिनिधि छनोटको माग गर्ने नेताहरूमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शारदा स्वर्णकार, प्रदेश सचिवालय सदस्य रामजी चौधरी, सीमा न्यौपाने, सुरामणि बेल्बासेसहित १९ जना रहेका छन् । ती नेताले संगठन विभागले तोकेको मापदण्ड विपरीत ८ जना प्रतिनिधि छनोट भएको दाबी गरेका छन् ।

प्रतिनिधि छनोट भएका लुम्बिनी प्रदेश सरकारकी सिँचाइमन्त्री सीता शर्मा चौधरी, निर्मला विक, तुलसा पोखरेल, देवबहादुर बस्नेत, लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र आशीष योगीको सदस्यता प्राप्त गरेको समय अवधि प्रतिनिधि हुन अयोग्य भएको उनीहरूको दाबी छ ।

महाधिवेशन प्रतिनिधि हुन महिला, दलित र युवाको हकमा सदस्यता प्राप्त गरेको ७ वर्ष पुगेको हुनुपर्छ । तर यी ८ जना कसैले पनि सदस्यता प्राप्त गरेको ७ वर्ष नपुगेको भन्दै पुनः छनोट गर्न माग गरिएको छ । जिल्ला पदाधिकारी ५ जना र आफ्ना नजिककालाई प्रतिनिधि बनाएको भन्दै त्यो पनि खारेज गर्न उनीहरूले माग गरेका छन् ।

प्रतिनिधि छनोटमा विधि प्रक्रिया पालना नगरेको भन्दै यसअघि पनि संगठन विभागमा उजुरी परेको थियो । दाङबाट २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएको संस्थापन पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...