। नेपाली कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी गरेका छन् । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे ।
‘संविधानमा लेखिएको छ– सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ । जनताले बनाएको संविधान उसलाई मन लाग्यो भने निर्देश गर्दछ । नयाँ मुभमेन्टबाट परिवर्तन हुन्छ । त्यो जनताको अधिकार हो,’ उनले भने ।
साथै उनले जेनजी आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहरहरू भत्काउने काम उचित नभएपनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता महरले सरकारले पर्यात काम गर्न नसक्दाको परिणाम जेन–जी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको समेत बताए ।
‘अहिले जननिर्वाचित सरकार नभएपनि जनताको आदेश जसरी आन्दोलन भयो, त्यसरी होला कतै न कतै घुसपैठ होला । राष्ट्रिय धरोहर भत्किनु हुँदैनथ्यो होला । त्यो आफ्नो ठाउँमा छ । त्यो गल्ती कमजोरी भएको छ । तर हाम्रो गराई पनि पर्याप्त थिएन,’ नेता महरले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय गानका लेखक प्रदीप कुमार राई व्याकुल माईला, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतका वक्ताहरूले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरू प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।