मुख्य समाचार
कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी
कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी

। नेपाली कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी गरेका छन् । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे ।

‘संविधानमा लेखिएको छ– सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ । जनताले बनाएको संविधान उसलाई मन लाग्यो भने निर्देश गर्दछ । नयाँ मुभमेन्टबाट परिवर्तन हुन्छ । त्यो जनताको अधिकार हो,’ उनले भने ।

साथै उनले जेनजी आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहरहरू भत्काउने काम उचित नभएपनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता महरले सरकारले पर्यात काम गर्न नसक्दाको परिणाम जेन–जी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको समेत बताए ।

‘अहिले जननिर्वाचित सरकार नभएपनि जनताको आदेश जसरी आन्दोलन भयो, त्यसरी होला कतै न कतै घुसपैठ होला । राष्ट्रिय धरोहर भत्किनु हुँदैनथ्यो होला । त्यो आफ्नो ठाउँमा छ । त्यो गल्ती कमजोरी भएको छ । तर हाम्रो गराई पनि पर्याप्त थिएन,’ नेता महरले भने ।

कार्यक्रममा बोल्दै राष्ट्रिय गानका लेखक प्रदीप कुमार राई व्याकुल माईला, वरिष्ठ गीतकार भोलाप्रसाद रिजाललगायतका वक्ताहरूले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरू प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको शिक्षा क्षेत्रमा पहुँच विस्तार भइरहेको देखाए पनि उच्च शिक्षा र माध्यमिक तहको भर्नादरमा गम्भीर नीतिगत सुधारको आवश्यकता रहेको औँल्याएको छ। विद्यालय तहमा विद्यार्थीको सङ्ख्या बढे पनि माध्यमिक तहमा पुग्दा बीचमै पढाइ छाड्ने दर उच्च देखिएको छ । वैदेशिक अध्ययनका लागि विदेशिने युवाहरूको सङ्ख्या उल्लेख्य छ। शैक्षिक सत्र २०८२ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्योलता हटेको दाबी गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका उक्त मन्त्रालय सम्बन्धी जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । मन्त्री कुमारीले सरोकारवालाहरुसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको मन्त्री कुमारीको भनाइ थियो । उनले एमआरपी र ...
। रास्वपा सांसद रीमा विश्वकर्माले कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले स्थापना गरेको स्टलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको कुरा संसदमा उठाएकी छन् । फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएर जुरी पुरस्कार जितेको उक्त फिल्मको पोस्टर नराखिएको भन्दै आलोचना भैरहेको बेलामा विश्वकर्माले उक्त कुरा राखेकी हुन् । प्रतिनिधिसभाको आजको ...
। प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘म आशा गरिरहेको छु– राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा ...
। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षणको कभर (गाता) को रङ फेरेका छन् । सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा १४ को उपदफा २ मा ...