मुख्य समाचार
सिन्धुपाल्चोकको बलेफी बजार क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सडक मापदण्ड भित्र पर्ने घर टहरा भत्काउन सुरु
सिन्धुपाल्चोकको बलेफी बजार क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सडक मापदण्ड भित्र पर्ने घर टहरा भत्काउन सुरु

: सिन्धुपाल्चोकको बलेफी बजार क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सडक मापदण्ड भित्र पर्ने घर टहरा भत्काउन सुरु गरिएको छ।

बलेफी बजारबाट सुरु हुने ‘बलेफी जलबिरे तेम्बाथान’ वैकल्पिक राष्ट्रिय राजमार्गको सुरु बिन्दु बलेफी बजार क्षेत्रको सडक मापदण्ड भित्र पर्ने घर टहरा व्यवस्थापन कार्यमा स्थानीयसँग सहमति जुटेपछि भत्काउन सुरु गरिएको हो। स्थानीय बासिन्दा, बलेफी गाउँपालिका, वडा नं ५, सडक डिभिजन कार्यालय चरिकोट र निर्माण कम्पनी बीचको छलफलमा सहमति जुटेपछि बाटो विस्तारको काम सुरु भएको बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए।


बलेफी गाउँपालिकाले यसअघि सहमतिका लागि गरेको पटक पटकको प्रयास असफल हुँदै आएको थियो। बलेफी बजार छिर्ने बिन्दुदेखि ७ वटा टहरा र पक्की घरहरूमा समेत ९ मिटर कायम गरी विस्तारको सहमति भएको अध्यक्ष तामाङले बताए। सहमति अनुसार निर्माण पक्षले मापदण्ड अनुसार घट टहरा भत्काउँदै सडक विस्तारको काम गर्ने र काम गर्नमा स्थानीयले अवरोध गर्ने छैनन्।

बलेफी गाउँपालिका-५ का कार्यवाहक अध्यक्ष नारायण खड्काले लामो समयदेखि रोकिएको बाटो विस्तारको गाँठो फुकाउन महत्वपूर्ण काम भएको सुनाए। स्थानीयले पहिले सडक विभागले भत्काउन मात्रै आदेश दिएको तर यसपालि भत्काउने र बनाउने समेत जिम्मेवारी लिएकाले सहमति बनेको जानकारी दिए। बाटो विस्तारको काम हुन नपाउँदा कालोपत्रेको काम समेत रोकिएको थियो। यो काम सकिएपछि कालोपत्रेको काम सुरु हुने सडक विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि ...
: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा ...
: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्। पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन ...
: अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्। सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरूले आयोजना कटौतीका विषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरूमा बजेट कटौती नहुने स्पष्ट पारेका हुन्। उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा ...