मुख्य समाचार
पराल, भुसजस्ता कृषिजन्य वस्तु बोकेको ट्रकलाई रोकेर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै किसान, चालक र व्यवसायी आन्दोलित
पराल, भुसजस्ता कृषिजन्य वस्तु बोकेको ट्रकलाई रोकेर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै किसान, चालक र व्यवसायी आन्दोलित

: पराल, भुसजस्ता कृषिजन्य वस्तु बोकेको ट्रकलाई रोकेर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै किसान, चालक र व्यवसायी आन्दोलित भएका छन्।

बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले केही दिनदेखि यस्तो वस्तुको ढुवानीमा अवरोध सिर्जना गरेर दुःख दिएको भन्दै उनिहरु आन्दोलित भएका हुन्।


उनीहरूले बुधबार दिउँसो पथलैयास्थित ट्राफिकको प्रदेश स्तरीय कार्यालयको मूल गेटमा धर्ना दिएका छन्। धर्नामा बसेका किसान, व्यवसायी र चालकले ट्राफिक प्रहरीले दिने दुःखको अन्त्य हुने वातावरण नभएसम्म आन्दोलन नटुंगिने बताए।

धर्नामा बसेका च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले भभरलोड (ढालाभन्दा माथि) को बहानामा कृषिजन्य वस्तुको ढुवानी रोकेर ट्राफिक प्रहरीले अन्याय गरिरहेको बताए।

कृषिमा खपत हुने कच्चापदार्थको रुपमा आउने पराल, भुसलगायतको वस्तुलाई सहज ढुवानी हुने वातावरण बनाउने भन्दा पनि दुःख दिएर रोक्ने काम भएपछि आन्दोलित बन्नुको विकल्प नभएको कार्कीको भनाइ थियो।

पथलैयामा केही दिनदेखि यस्तो वस्तु बोकेको सयौं सवारी साधन राजमार्गमा अलपत्र अवस्थामा देख्न सकिन्छ। ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालको निर्देशनमा राजमार्गमा खटिएका ट्राफिक प्रहरीले भभरलोड बोकेका सवारी साधनलाई अगाडी बढ्न दिएका छैनन्।

ट्राफिक प्रहरीले रोकेपछि सवारी चालक, किसानको राजमार्गमै बाँस भइरहेको छ। कृषि, पशुपालनमा उपयोग हुने वस्तु बाटोमै रोकिएपछि किसान समेत मारमा परेका छन्।

ठूलो र अग्लो कन्टेनर निर्वादरूपमा चलिरहेको राजमार्गमा कृषिजन्य हलुका वस्तु ढालाभन्दा केही माथि बोकेका ट्रकलाई रोकेर दुःख दिने मनसाय ठीक नभएको आरोप किसान र चालकको छ। कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सरकारको नीति एकातिर भएपनि सडकमा ट्राफिक प्रहरीले गर्ने व्यवहार फरक भएको भन्दै उनिहरुले दुःख व्यक्त गरेका छन्।

च्याउ उत्पादक संघका महासचिव विकास रिमालले पथलैयामा पछिल्लो समय ट्राफिक प्रहरीले निरन्तर दुःख दिन थालेको बताए। उनले प्रत्येक पटक आउने यस्तो समस्यामा दीर्घकालीन समाधानको बाटो खोज्न जरुरी रहेको बताए। कृषसजन्य वस्तु हलुका हुने हुँदा किसानलाई सहज हुने गरी सरकारले मापदण्ड बनाउनुपर्ने रिमालको भनाइ छ।

चालक सूर्य श्रेष्ठले ट्राफिक प्रहरीलाई पैसा नबुझाएसम्म सडकमा गाडी गुडाउने वातावरण नभएको भन्दै दुखेसो गरे। ‘एकातिर चिट पनि काटिन्छ। अर्कोतिर ट्राफिक प्रहरीलाई पैसा पनि बुझाउनुपर्छ’ चालक श्रेष्ठले भने, ‘पैसा बुझाए छोडिन्छ नत्र यसैगरी सडकमा अलपत्र हुने गरी रोकिन्छ।’

ट्राफिक प्रहरी उपरीक्षक सिलवालले तोकिएको मापदण्डभन्दा बढी (भभरलोड) बोकेका सवारीसाधनलाई रोकेको बताए। ‘हामीले कानुनको पालना मात्रै गरेका हौं। तोकिएको मापदण्डभन्दा बढी बोकेका सवारी साधन रोकेका हौं,’ सिलवालले भने, ‘यसरी ढुवानी गर्न पाउने अरु केही मापदण्ड भए ल्याउँनुस हामी छोडिदिन्छौं भनेका छौं।’ सिललवाले ट्राफिक प्रहरीलाई पैसा बुझाएको भनि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए।

ट्राफिक प्रहरीले काट्ने चिट भभरलोड मिलानका लागि भएको भन्दै सिलवालले चिट काटेका सवारी साधनले भभरलोड मिलान नगरी हिड्न नपाउने सिलवालको भनाइ छ। सिलवालले व्यवहारिकरूपमा एक छलिसम्म छोड्दै आएको भएपनि धेरै अग्लो पारेर ढुवानी हुन थालेपछि रोकिएको बताए।

ट्राफिक प्रहरीले रोकेका कारण पथलैयामा यतिबेला एक सय भन्दा बढी ट्रक, ट्याक्टर सडकमा रोकिएका छन् ।

ट्राफिक प्रहरीले पराल, भुस बोकेको गाडी रोकेपछि अग्लो कन्टेनरलाई समेत सडकमा रोक्दै आन्दोलित किसान र चालक।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले जनतासँग जोडिएको पार्टी भएको बताएका छन्। बुधबार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी गरेका हुन्। पौडेलले भने, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी ...
एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि ...
: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा ...
: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्। पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन ...