मुख्य समाचार
जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी
जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी

: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले जनतासँग जोडिएको पार्टी भएको बताएका छन्। बुधबार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी गरेका हुन्।

पौडेलले भने, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी जनताबाट टाढिन हुँदैन भन्नेमा छौं। हामी मधेशमा एक्लिएका पनि होइनौं, एक्लिदाँ पनि एक्लिदैनौं।’


उनले बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा भएको बताए। उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको जिकिर गरे। ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो। त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने।

संविधानलाई ट्याकमा ल्याउन संसद् पुनर्स्थापना गर्न आवश्यक रहेको बताए। उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरे। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफू महासचिव पदको उम्मेदवार नभएको प्रष्ट पारे। ‘म दशौं महाधिवेशनपछि नेकपाको महासचिव भइसकेको मान्छे। अहिले म महासचिवको उम्मेदवार होइन,’ पौडेलेले भने।

उनले वरिष्ठ उपाध्यक्ष विधानमै नभएको हुँदा नेतृत्वले जसरी मिलाएर जान्छ त्यसैअनुसार जिम्मेवारी लिने जानकारी दिए। उनले एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको सुनाए। ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु।’ उनले भने,‘एमाले कहिल्यै पनि जेनजीका विरुद्धमा, जेनजीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि ...
: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा ...
: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्। पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन ...
: अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्। सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरूले आयोजना कटौतीका विषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरूमा बजेट कटौती नहुने स्पष्ट पारेका हुन्। उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा ...