मुख्य समाचार
खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु
खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु

: खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु भएको छ। सुनकोशी नदीको फोक्सिङटार स्थित पक्की पुल बाढीले बगाएपछि खोटाङका धेरै स्थानहरू ‘प्राकृतिक नाकाबन्दी’ झैं अवरुद्ध बनेका थिए।

खोटाङका यात्रु, बिरामी तथा आवश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालनमा ठूलो कठिनाइ उत्पन्न भएको थियो। त्यसैकारण वैकल्पिक संरचना निर्माणको माग भएको थियो। कोशी प्रदेश सरकारले बेलिब्रिज खरिद गरी जडानको जिम्मेवारी भौतिक पूर्वाधार विकास कार्यालय खोटाङलाई दिएपछि वंशिलाघाटमा बेलिब्रिज निर्माणको काम सुरु गरिएको हो।


सुनकोशी नदीमा आएको बाढीले फोक्सिङटारको पक्की पुल विस्थापित भएपछि खोटाङ सदरमुकाम देखी दक्षिणी क्षेत्रका हजारौं स्थानीयवासी दैनिक आवतजावतमा समस्यामा परेका थिए। सदरमुकाम दिक्तेलसहित बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बासिन्दालाई उदयपुरतर्फको यात्रा अत्यन्तै कठिन भएको थियो। बेलिब्रिज निर्माण भएपछि नजिकको बजार तथा सेवा–सुविधा केन्द्र—उदयपुरको बेलटार हुँदै धरान, इटहरी, विराटनगर र झापा—सम्म जान सहज हुने बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराले बताएका छन्। बिरामी बोक्ने एम्बुलेन्सदेखि किसानका कृषिजन्य सामग्री बजारसम्म पुर्‍याउन र यातायात सहज बनाउने गरी यो पुलले दीर्घकालीन रूपमा सुविधा प्रदान गर्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले बेलिब्रिज जडानका लागि १ करोड रुपैयाँ अनुमानित लागतसहित ठेक्का प्रक्रिया खोलेको थियो। प्रतिस्पर्धी बोलपत्रमध्ये रौतहटस्थित गुरुकुल बिल्डर्स एन्ड सप्लायर्सले करसहित ५७ लाख रुपैयाँमा लागतमा बेलिब्रिज जडानको ठेक्का हात पारेको छ। कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार निर्माण तथा जडानका सबै प्राविधिक काम मंसिर मसान्तसम्म पूरा गरी बेलिब्रिज सञ्चालनमा ल्याइएने बताए।

बेलिब्रिज ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइको हुनेछ। जसले स्थानीय र प्रदेश सरकारको दीर्घकालीन योजनाअनुसार दक्षिणी खोटाङलाई उदयपुर र तराईका मुख्य सहरसम्म पुग्न सहज हुने इन्जिनियर दाहालले बताए। बेलिब्रिजको सबै सामग्री स्थलमा आइपुगेको र बेलिब्रिज जडानको काम सकेर पुसको पहिलो हप्तादेखि सञ्चालनमा ल्याउने उनले बताए। बेलिब्रिज सञ्चालनमा आएपछि स्थानीयको दैनिक जीवन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार, कृषि तथा सामाजिक गतिविधिमा परिवर्तन आउने स्थानीयको अपेक्षा रहेको छ।

बेलिब्रिज निर्माण थालनीसँगै आसपासका गाउँपालिकामा उत्साह र राहतको माहोल देखिएको छ। बाढीले पुल बगाएपछि विद्यालय जाने बालबालिका, उपचारका लागि अस्पताल धाउने बिरामी तथा दैनिक ज्यालादारी मजदुर सबै प्रभावित भएका थिए। बेलिब्रिज बनेपछि खोटाङबाट उदयपुरको बेलटार हुँदै तराईका जिल्ला झर्न यात्रा सहज हुने छ। व्यापारीहरू पनि पुल बनेपछि बेलटार, धरान, इटहरीलगायत बजारसम्म सामान ढुवानी सस्तो हुनेमा स्थानीय आशावादी भएका छन्।null

कोशी प्रदेश सरकारले वंशिलाघाटलाई महŒवपूर्ण सडक सञ्जाल जोड्ने बिन्दुका रूपमा पहिचान गर्दै बेलिब्रिज जडानको काम अगाडि बढाइएको मुख्यमन्त्री हिक्मत कार्कीले बताए। उनले खोटाङ–उदयपुर कनेक्टिभिटी सुधार्नु प्रदेशको आन्तरिक संरचना विकासका लागि प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए। कोशी प्रदेश सरकारले १ करोड ८७ लाख रुपैयाँमा बेलिब्रिज खरिद गरी वंशिलाघाटमा निर्माण कार्य अगाडि बढाएको छ।

खोटाङक बासिन्दालाई सुनकोशी पार गर्ने वैकल्पिक संरचना निर्माण भएसँगै स्थानीय विकासका अनेक सम्भावना खुल्ने भएका छन्। विशेष गरी कृषि उत्पादन सरल रूपमा बजारसम्म लैजान सकिने, स्वास्थ्य सेवा सहज हुने, दैनिक यातायातमा लाग्ने समय घट्ने, पर्यटकीय सम्भावना रहेको दक्षिणी खोटाङका क्षेत्रहरूमा आगन्तुकको आवागमन बढ्ने अपेक्षा गरिएको नेकपा एमाले खोटाङका जिल्ला सदस्य सुमन राईले बताए। बेलिब्रिज बनेपछि दक्षिणी खोटाङका गाउँपालिकाहरूलाई पूर्व–पश्चिम राजमार्ग र मधेस प्रदेशका सेवा–सुविधा केन्द्रसँग सिधा पहुँच उपलब्ध हुने उनको भनाइ छ।

बाढीको विपत्तिपछि कठिनाइ झेलिरहेका खोटाङका स्थानीयवासीका लागि वंशिलाघाटको ५१ मिटर लम्बाइको यो बेलिब्रिज राहत मात्र होइन, दिगो विकासतर्फको महŒवपूर्ण कदम बन्ने नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले बताए। उनले बेलिब्रिज निर्माणले दक्षिणी खोटाङ र भोजपुरको आमचोक र रामप्रसाद राई गाउँपालिकाका बासिन्दाको विकास, व्यापार र जनजीवनमा परिवर्तन आउने बताए।

वंशिलाघाटमा बेलिब्रिज बनेपछी खोटाङ सदरमुकाम दिक्तेलदेखिका सवारीसाधन पञ्चमी–खोटाङबजार–चिसापानी हुँदै बेलटार आएर पूर्व–पश्चिम राजमार्गको रुट हुँदै सञ्चालनमा सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम चन्द्र अधिकारी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४४ वर्षीय दिल बहादुर सारू मगर र सर्लाहीको ब्रह्मपुरी ...
: विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्। कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि ...
: पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही पुनः पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि पुनः पक्राउ परेका हुन्। साउन ६ गते बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकको छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि ...
: जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ का ५७ वर्षीय मेगबहादुर भुजेल रहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए। २०६९ भदौ २७ गते पुतलीबजार –१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा ...
: नेपाल आउने विदेशी नागरिकको सुरक्षाको सुनिश्चितता गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ‘एफएनएमआईएस’ सुरु गरिने भएको छ। पुस १७ (जनवरी १) देखि यो सूचना प्रणाली देशैभर लागू गरिने भएको हो। अध्यागमन विभागले बुधबार सरोकारवालासँग गरेको कार्यक्रममा नेपाल घुम्न आउने विदेशी नागरिकको ट्रयाकिङ सुरु गरिने जानकारी दिइएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौंको सम्पूर्ण ...