मुख्य समाचार
साफ महिला क्लब च्याम्पियनसिप काठमाडौंमा सुरु हुँदै
साफ महिला क्लब च्याम्पियनसिप काठमाडौंमा सुरु हुँदै

: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्।

नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै क्लबहरुले साफ महिला क्लब च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन्।


च्याम्पियनसिप अघि बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपालका एपीएफ महिला फुटबल टिमकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी भएको बताइन्। त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले आन्तरिक प्रशिक्षण धेरै नभएपनि अन्य खेलहरू धेरै नै खेलेकाले खेलाडीहरू तयार रहेको बताए।

त्यस्तै अन्य क्लबका प्रशिक्षक तथा कप्तानहरूले राम्रो तयारी भएकाले राम्रो नजिता आउने जनाएका थिए। प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच र दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणका लागि क्यानले २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले बिहीबार सार्वजनिक गरेको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लिग चरणको २३ औँ खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा छनोट भएको छ। पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो। काठमान्डु गोर्खाजको जितका लागि साहब आलमले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डुको जित पक्का गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...