: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्।
मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका हुन्। उनको पाँच वर्षे कार्यकाल जुन २०२६ मा सिकने छ।
प्रधानमन्त्री नेतान्याहूले वरिष्ठ अधिकारीहरूको नियुक्ति सम्बन्धी सल्लाहकार समितिलाई मेजर जनरल गोफम्यानको नियुक्तिका लागि अनुरोध पठाएका थिए।
मेजर जनरल गोफम्यानले इजरायली रक्षा बल (आईडीएफ)मा विभिन्न अपरेशनल र कमाण्ड भूमिका सम्हालेका छन्।
इजरायली प्रधानमन्त्रीको सामाजिक सञ्जालमा पोस्ट गरिएको छ,'युद्धको समयमा प्रधानमन्त्रीको सैन्य सचिवको रूपमा उनको नियुक्तिले असाधारण व्यावसायिक क्षमता प्रमाणित गर्यो।'
पोस्टमा थप भनिएको छ,'उहाँले पदभार ग्रहण गरेपछि द्रुत गतिमा काम गर्नुभयो र युद्धका सबै सात मोर्चामा प्रमुख भूमिका खेल्नुभयो। मेजर जनरल गोफम्यान सबै गुप्तचर र सुरक्षा एजेन्सी विशेष गरी मोसादसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ।'
इजरायली प्रधानमन्त्रीले मेजर जनरल गोफम्यान मोसादको निर्देशक पदका लागि सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार रहेको विश्वास गरे। उनले गोफम्यानलाई यो महत्वपूर्ण जिम्मेवारीमा सफलताको कामना गरे।