मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ

: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम चन्द्र अधिकारी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४४ वर्षीय दिल बहादुर सारू मगर र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन्।


पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्बिया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितबाट १ करोड २५ लाख ७८ हजार ८ सय रुपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो।

पक्राउ मध्ये दिलबहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्। कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि ...
: पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही पुनः पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि पुनः पक्राउ परेका हुन्। साउन ६ गते बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकको छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि ...
: जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ का ५७ वर्षीय मेगबहादुर भुजेल रहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए। २०६९ भदौ २७ गते पुतलीबजार –१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा ...
: नेपाल आउने विदेशी नागरिकको सुरक्षाको सुनिश्चितता गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ‘एफएनएमआईएस’ सुरु गरिने भएको छ। पुस १७ (जनवरी १) देखि यो सूचना प्रणाली देशैभर लागू गरिने भएको हो। अध्यागमन विभागले बुधबार सरोकारवालासँग गरेको कार्यक्रममा नेपाल घुम्न आउने विदेशी नागरिकको ट्रयाकिङ सुरु गरिने जानकारी दिइएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौंको सम्पूर्ण ...
: खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु भएको छ। सुनकोशी नदीको फोक्सिङटार स्थित पक्की पुल बाढीले बगाएपछि खोटाङका धेरै स्थानहरू ‘प्राकृतिक नाकाबन्दी’ झैं अवरुद्ध बनेका थिए। खोटाङका यात्रु, बिरामी तथा आवश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालनमा ठूलो कठिनाइ उत्पन्न भएको थियो। त्यसैकारण वैकल्पिक संरचना निर्माणको माग ...