मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित
सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो।




सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ।


यो जितसँगै प्लेअफका ३ टोलीको टुंगो लागेको छ। सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाएका हुन्। अब प्लेअफमा १ स्थान बाँकी छ।




टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सले दिएको १७० को विजयी लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा १२० रन बनाउँदै अलआउट भएको हो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।

ओपनर डेविड मलान ६ रनमा राआउट भए। दोस्रो विकेट अर्जुन साउद १६ रनमा क्याच भए। सैफ जैब ६ रनमा क्याच भए। देव खानलले २८ रन बनाए। कप्तान कुशल मल्लले १५ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिम रोयल्सका लागि पुनित महराले ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहोरा र इशान पाण्डेले १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाएर रिटायर हर्ट भए। उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
सुदूरले पहिलो विकेट विनोद भण्डारीको रूपमा गुमायो। उनले १७ बलमा २१ रन बनाए। उनले पहिलो विकेटको लागि क्रिस लिनसँग ४६ रनको साझेदारी बनाए।

इशान पाण्डे १ रनमा क्याच भए। पुनित महराले १३ रन बनाए। हर्मित सिंह १ रनमै पेभेलियन फर्किए।
आरिफ शेख २४ र दीपेन्द्र सिंह ऐरी २४ रनमा अविजित रहे।

चितवन राइनोजका लागि सैफ जैबले २ विकेट लिए। रञ्जित कुमार र जर्ज स्क्रिमसले १–१ विकेट लिए।

सुदूरपश्चिम यसअघि नै प्लेअफमा छनोट भइसकेको थियो। यसअघि, सुदूरपश्चिमले ५ खेलमा ५ जिसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रन, चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेट र पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको थियो।

चितवन राइनोजले पाँच खेल खेलिसक्दा २ जित्दा तिन खेलमा हार बेहोरेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसाग ५३ रनले पराजित हुँदा पाँचौं खेला जनकपुर बोल्ट्ससँग ६ विकेटको हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम