मुख्य समाचार
इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु
इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु

इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। जुन दशकौंपछि लेबनान र इजरायलबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएपछि यो आक्रमण भएको हो।




मजादेल, बाराचित, जाबा र महरोना शहरहरूमा बस्ने मानिसहरूलाई यी ठाउँहरू खाली गर्न भनिएको छ। इजरायली सेनाले यी ठाउँहरूमा इरान समर्थित समूहको हतियार डिपो रहेको आरोप लगाएको छ।


यद्यपि, इजरायलको पछिल्लो हवाई आक्रमणमा कुनै हताहत भएको रिपोर्ट गरिएको छैन। नोभेम्बर २०२४ मा इजरायल र लेबनानबीच युद्धविराम लागू भएदेखि इजरायलले लगभग दैनिक रूपमा लेबनानमा आक्रमण गर्दै आएको छ।




इजरायली आक्रमणको बारेमा लेबनानबाट कुनै प्रतिक्रिया आएको छैन। तर, लेबनानी नेताहरूले पहिले नै इजरायलको आक्रमणको आलोचना गर्दै युद्धविराम सम्झौताको उल्लंघन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्। बिहीबार इरानी समाचार एजेन्सीहरूद्वारा प्रकाशित वक्तव्यमा जोल्कदरले इरानले आक्रामक दुश्मनको शक्ति तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। यो नयाँ नीति ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए । खैबर पख्तुनख्वाका ...
। यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेको छ। इन्धनको मूल्य प्रति लिटर ४ हजार ७ सय ५० येमेनी रियालबाट बढेर ५ हजार २ सय ५० पुगेको छ। हुथी स्वामित्वको येमेन पेट्रोलियम कम्पनीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिनुपरेको जनाएको छ। यमनमा लडाइँ पुनः सुरु भएपछि सामान ओसारपसार गर्ने ...
। रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो । निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम