मुख्य समाचार
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा

: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्।

सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। त्यस्तै दोस्रो स्थानमा काठमान्डु गोर्खाज रहेको छ। गोर्खाजले बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो। सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गर्दा विराटनगर किंग्स पनि आठ अंकसहित प्लेअफमा छनोट भएको छ। अब प्लेअफका लागि एक स्थान बाँकी छ। कर्णाली याक्स बाहेकका अन्य ४ टिमले दावेदारी पेश गरिरहेका छन्। लिग चरणका अन्तिम खेलहरू यही साता सकिन्छन्। मंगलबारबाट प्लेअफको समीकरण सुरु हुन्छ।


कस्ता छन् प्लेअफ पुगेका तीन टोली

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफ पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ। जसमा अपराजित रहँदै ६ खेलमा ६ जित सहित सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर्समा आफ्नो स्थान पक्का गरिसकेको छ। दोस्रो स्थानमा काठमान्डु गोर्खाज १० अंकसहित प्लेअफमा पुगेको छ। काठमान्डुले ७ खेलमा ५ जित र २ हारको नतिजा निकाल्यो। विराटनगर किङ्स ६ खेलमा चार जित र दुई हारसहित तेस्रो स्थानमा रहँदै प्लेअफ पुगिसकेको छ।

अपराजित सुदूरपश्चिमको बलियो लय

प्रतिस्पर्धात्मक हिसाबले हालसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्सको खेल निकै आकर्षक छ। हालसम्म अपराजित रहेको हिसाबले पनि सुदूरपश्चिमको ब्याटिङ, बलिङ र फिल्डिङमा कुनै पनि समस्या देखिएको छैन । ६ खेलमा हालसम्म कुनै पनि टिमले सुदूरपश्चिमलाई हराउन सकेका छैनन्। अब सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्न बाँकी छ। यी दुवै टोली प्लेअफ पुगिसकेका छन्। सो कारणले लिग चरणको अन्तिम खेल दुबै टोलीको लागि प्रतिस्पर्धाको लडाइ हुनेछ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हरायो। दोस्रो खेलमा पोखरा एभेन्जर्स विरुद्ध १८ रनको जित निकाल्यो। तेस्रो खेलमा छिमेकी प्रदेशको प्रतिनिधित्व टिम कर्णाली याक्सलाई ४५ रनले हरायो । चौथो खेलमा लुम्बिनी लायन्स विरुद्ध सात विकेटको जित, पाँचौं खेलमा जनकपुर बोल्ड्सलाई ६ विकेटले पराजित गर्यो। छैटौं खेलमा बिहिबार सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले हरायो।

जितको सिलसिला हेर्दा सुदूरपश्चिम रोयल्सको ब्याटिङ, बलिङ र फिल्डिङमा विदेशी खेलाडीसँगै नेपालका घरेलु खेलाडीले पनि उत्तिकै राम्रो प्रदर्शन दिइरहेका छन्। बिहीबारको खेलमा चितवन राइनोज विरुद्ध ट्यालेन्ट हन्टबाट आएका हिक्मत महराले विकेट लिए। ट्यालेन्ट हन्टबाट आएको खेलाडीबाट पनि नतिजा निस्किरहँदा प्रशिक्षक जगत टमाटा निकै खुसी छन्। ‘हामीले टिमवर्कको हिसाबले खेलिरहेका छौं हरेक खेलमा फरक फरक खेलाडी प्लेयर अफ द म्याच भइरहेका छन्। हाम्रो टिमका ब्याटर र बलरहरूले आफ्नो भूमिकालाई राम्ररी बुझेर खेलिरहेका छन्।’ टिमको राम्रो प्रदर्शनबाट ६ खेलमा ६ जित सहित पहिलो क्वालिफायर खेल्ने भएपछि प्रशिक्षक जगत टमटा निकै खुसी देखिन्छन्। सुदूरपश्चिम रोयल्सका लागि घरेलु खेलाडीबाट पनि उत्तिकै राम्रो प्रदर्शन आइरहँदा जगत टमटा भन्छन्,‘ हाम्रो टिममा विदेशी खेलाडी र स्वदेशी खेलाडीको तालमेल निकै राम्रो छ। खेलाडीहरूले एकअर्कालाई विश्वास गरेका छन्।’ हेटौँ जितपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक टमटाले भने।

मोन्टीको बलियो रणनीतिसहित पहिलो पटक प्लेअफमा काठमान्डु

पाँच जितसहित १० अंक बटुलेर प्लेअफमा छनोट भएको अर्को टोली हो काठमान्डु गोर्खाज। पहिलो संस्करणमा रन रेटका आधारमा रहेर प्लेअफबाट बाहिरिएको काठमान्डु गोर्खाजले नयाँ प्रशिक्षक मोन्टी देसाईको आगमनसँगै उनको बलियो रणनीतिको प्रभावले प्लेअफमा स्थान बनाएको छ। पोखरा एभेन्जर्समाथि १३ रनको जित दर्ता गर्दै काठमान्डु गोर्खाजले प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो। प्लेअफमा छनोट भएपछि पोखराविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएका भीम सार्की भन्छन्, ‘टिमको रणनीति अनुसार मैदानमा प्रदर्शन पनि भइरहेको छ। सोही कारणले हामी प्लेअफमा छनोट भएका छौं एकदमै खुसी छौं’, खेलपछि पत्रकारसँगको प्रश्नोत्तरमा भीम सार्कीले भने। काठमाडौँ गोर्खाजले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो।

दोस्रो र तेस्रो खेलमा काठमाडौंले हार बेहोर्यो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको काठमाडौं तेस्रो खेलमा विराटनगर किंग्ससँग पाँच विकेटले पराजित भयो। त्यसपछि भने काठमान्डु गोर्खाजले आफ्नो लय समात्यो। त्यसपछि लगातार चार खेलमा जित दर्ता गर्दै काठमान्डुले प्लेअफमा स्थान बनाएको हो। चौथो खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हरायो। पाँचौं खेलमा चितवन राइनोजलाई ५३ रन छैटौं खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेट र सातौं खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हरायो। पहिलो संस्करणमा अन्तिम अवस्थामा प्लेअफबाट बाहिरिएका काठमान्डु दोस्रो संस्करणमा भने बलियो रणनीति र सोही अनुरुपको मैदानमा खेल प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएको हो।

चितवनको हारले एक खेल लगावै प्लेअफ पुगेको विराटनगर

बिहिबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीचको खेलको नतिजा सुदूरपश्चिम रोयल्सको पोल्टामा पर्दा सबैभन्दा खुसी भएको टिम हो, विराटनगर किंग्स। एक खेल अगावै प्लेअफमा स्थान बनाउँदै विराटनगरले अन्तिम खेलमा प्रेसर बिना खेल्न पाउनेछ। चितवन राइनोजले पाँच खेलमा चार अंक जोडेको थियो। जसको अनुसार चितवनले सुदूरपश्चिमलाई जितेको खण्डमा छ अंक र अन्तिम खेलमा जित निकाल्दा आठ अंक हुन्थ्यो।

जसले गर्दा विराटनगर किंग्स प्लेअफ पुग्नको लागि एक खेल कुर्नुपर्ने हुन्थ्यो। तर सुदूरपश्चिम रोयलसँग चितवन राइनोज पराजित हुँदा अंकतालिकाको तेस्रो स्थानमा रहेको विराटनगर किंग्स ८ अंकसहित स्वतः प्लेअफ पुगेको हो। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्सले छ खेलमा चार जित र दुई हारसहित आठ अंक जोडेको छ। पहिलो खेलमा पोखरा एभेन्जर्स विरुद्ध ५३ रनको जित दर्ता गरेको विराटनगर किंग्सले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई पाँच विकेटले हरायो।

तेस्रो खेलमा साबिक विजेता जनकपुर गोल्डमाथि नौ रनको जित दर्ता गरेको थियो। चौथो खेलमा भने विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भयो। पाँचौं खेलमा विराटनगर किंग्सले पुनरागमन गर्दै कर्णाली याक्स विरुद्ध तीन विकेटको जित दर्ता गर्यो। छैठौ खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पाँच विकेटले पराजित भयो। अब बिराटनगर किंग्सले अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स सँग लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ। तर यो खेलको नतिजा दुवै टिमको लागि प्रतिस्पर्धाको लडाई हुनेछ। विराटनगर किङ्स जितसहित १० अंक जोड्दै शीर्ष दुई भित्र हटाउन चाहन्छ भने सुदूरपश्चिम अपराजित रहँदै पहिलो क्वालिफायर खेल्न चाहन्छ।

लुम्बिनी, पोखरा, चितवन र जनकपुरको एक स्थानको लागि प्रतिस्पर्धा जारी

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको प्लेअफ समीकरण निकै रोमाञ्चक बनेको छ। बाँकी रहेको एक स्थानको लागि चारवटा टिमको दाबेदारी रहेको छ।
लुम्बिनी लायन्सले छ खेल खेल्दै तीन जित र ३ हारसहित ६ अंक सहित सबैभन्दा बलियो स्थानमा प्रतिस्पर्धा दिइरहेको छ। हाल अंक तालिकाको पाँचौं स्थानमा रहेको पोखरा एभेन्जर्सले ६ खेलमा दुई जित र चार हार सहित चार अंक बटुलेको छ। चितवन राइनोजले पनि ६ खेलमा दुई जित र चार हार सहित चार अंक बटुलेको छ । जनकपुर बोल्ट्सले लिग चरणको पाँच खेल मात्रै खेलेको छ। जसमा एक जितसहित चार हार छन् । जनकपुरसँग दुई अंक रहेको छ। अंकगणितीय हिसाबले यी चारै टोली एक स्थानका लागि प्रतिस्पर्धाको लाइनमा छन्।

लुम्बिनी लायन्सले शुक्रबार जनकपुर बोल्ट्ससँग खेल्दैछ। लुम्बिनीको लिग चरणको अन्तिम खेल हो। जनकपुर बोल्ट्सका लागि यो छैंटौं खेल हो। लुम्बिनीले जनकपुरलाई हराउन सकेमा एक स्थान खाली भएको प्लेअफमा लुम्बिनी प्रवेश गर्नेछ। अन्य टोलीको सम्भावना सकिनेछ। भने यदि जनकपुरले लुम्बिनी लायन्सलाई पराजित गरेको खण्डमा एक स्थानको प्लेअफको दौड अझ रोमाञ्चक बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम