मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार

: बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’


रुसी राष्ट्रपति पुटिन दुई दिने भारत भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका हुन्। उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा उनलाई स्वागत गरेका थिए।

विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको निवास ७ लोक कल्याण मार्गमा गए। युक्रेनसँगको युद्धपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा रूसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका छन्। बिहीबार राति भारत आइपुगेपछि राष्ट्रपति पुटिनले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका हुन्। पुटिनले युक्रेनले पालना नगरेको खण्डमा रूसले यसलाई कब्जा गर्ने बताए। बीबीसीका अनुसार उनले युक्रेनसँग युद्ध अन्त्य गर्ने सम्झौता अस्वीकार गरे। उनले इन्डिया ...
इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। जुन दशकौंपछि लेबनान र इजरायलबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएपछि यो आक्रमण भएको हो। मजादेल, बाराचित, जाबा र महरोना शहरहरूमा बस्ने मानिसहरूलाई यी ठाउँहरू खाली गर्न भनिएको छ। इजरायली सेनाले यी ठाउँहरूमा इरान समर्थित समूहको हतियार डिपो रहेको आरोप लगाएको छ। यद्यपि, इजरायलको पछिल्लो हवाई आक्रमणमा कुनै हताहत ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्। मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका हुन्। उनको पाँच वर्षे कार्यकाल जुन २०२६ मा सिकने छ। प्रधानमन्त्री नेतान्याहूले वरिष्ठ अधिकारीहरूको नियुक्ति सम्बन्धी सल्लाहकार समितिलाई मेजर ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग हुने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। ...
भारतको मणिपुरमा हतियार र विस्फोटक पदार्थसहित ११ जना पक्राउ