मुख्य समाचार
युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी
युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा पनि पुग्नेछौं।’


तर, बिहीबार भारत पुगेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सम्झौता अस्वीकार गरेका छन्। युक्रेन र रुसबीच जारी युद्ध चार वर्ष पूरा हुन लागेको छ।

अमेरिकी शान्ति योजनाको बारेमा छलफल गरिरहेका ट्रम्पका वार्ताकारहरूले रुसी नेता ‘युद्ध अन्त्य गर्न चाहन्छन्’ भन्ने विश्वास गर्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० ...
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् । घाइते भएका केही विद्यार्थीलाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना संदिग्ध बन्दुकधारी रहेको बताइएको छ । फिलिपिन्स राष्ट्रिय प्रहरीका अनुसार घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १:३० ...
। मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् । राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन्। माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै ...
। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्। बिहीबार इरानी समाचार एजेन्सीहरूद्वारा प्रकाशित वक्तव्यमा जोल्कदरले इरानले आक्रामक दुश्मनको शक्ति तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। यो नयाँ नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम