अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा पनि पुग्नेछौं।’
तर, बिहीबार भारत पुगेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सम्झौता अस्वीकार गरेका छन्। युक्रेन र रुसबीच जारी युद्ध चार वर्ष पूरा हुन लागेको छ।
अमेरिकी शान्ति योजनाको बारेमा छलफल गरिरहेका ट्रम्पका वार्ताकारहरूले रुसी नेता ‘युद्ध अन्त्य गर्न चाहन्छन्’ भन्ने विश्वास गर्छन्।