मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताए
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताए

: भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।

अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० प्रतिशत पुगेको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका थिए। यसमा रूसी तेल र हतियार खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि समावेश थियो।

ट्रम्पले युक्रेनविरुद्धको युद्धमा भारतले रुसी तेल र हतियार खरिद गरेर रुसलाई फाइदा पुर्‍याएको आरोप लगाएका छन्। तर यो आरोप भारतले अस्वीकार गरेको छ।

२०२२ मा युद्ध सुरु हुनुभन्दा अगाडि भारतको रुसबाट तेल आयात मुश्किलले २.५ प्रतिशत थियो। तर रुसी तेल सहुलियत दरमा खरिद गरेपछि २०२४/२५ मा बढेर लगभग ३५.८ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० ...
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् । घाइते भएका केही विद्यार्थीलाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना संदिग्ध बन्दुकधारी रहेको बताइएको छ । फिलिपिन्स राष्ट्रिय प्रहरीका अनुसार घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १:३० ...
। मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् । राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन्। माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै ...
। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्। बिहीबार इरानी समाचार एजेन्सीहरूद्वारा प्रकाशित वक्तव्यमा जोल्कदरले इरानले आक्रामक दुश्मनको शक्ति तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। यो नयाँ नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम